पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय राजदूतको गोप्य भेटघाट, यस्तो पाक्दैछ खिचडी



हाम्रो इकोनोमि

 

तराई दर्शनमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय राजदूतलाई भेटेको वा नभेटेको भन्ने बारेमा नेपालको कूटनीतिक र राजनीतिक क्षेत्र हिजोआज खुब तातेको छ।  तराई    मिसनमा रहेका पूर्व राजासँगभारतीय राजदूत मन्जिव सिंह पुरीले गोप्य भेट गरेको सरकारी संयन्त्रहरुले सूचना दिएपछि मन्त्रिपरिषद बैठकमै यो विषयले प्रवेश पाएको स्रोत बताउछ  ।

 

चैत १४ गते बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका भारतीय राजदूत पुरीले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएको स्रोत बताउछ।

जनकपुरको शीताशरण होटलको दोस्रो तलामा  बसेका पूर्व राजा र २०७५ चैत ३ गते आइतवार(२०१९ मार्च १७)  सोही होटेलको  छैठौं तलामा  भारतीय राजदूत पुरीले एक रात बिताउनुको विषयलाई राजा र राजदूत भेटेको भन्ने गलत सूचना सरकारलाई  दिई एको होटेल स्रोत बताउछ  ।

 

भारतीय दूतावास स्रोतले भने पूर्वराजासँग भएको भेटलाई इन्कार गरेको छ।   धेरै अगाडि निर्धारित भएको कार्यक्रममा भाग लिएर   भारतीय राजदूत पुरी चैत ४ गते नै काठमाडौँ फर्किएका थिए।

साँघु न्यूज स्रोतका अनुसार,  पूर्व राजा ज्ञानेन्द्र शाहसँग भारतीय राजदूत मन्जिव सिंह पुरीको भेटघाट अफवाह मात्र हो।  गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए ।

 

धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन तराइका आफ्ना शुभ चिन्तक र तराइमा बसोबास गर्ने    समुदायसँग संवादमा रहेको उनका सहयोगीले बताएका थिए ।

पूर्वराजा तराइ  मिसन सकेर अहिले झापाको दमकमा भेटघाटमा व्यस्त छन्   । उनी अझै  दुई सातापछि काठमाडौं फर्किने स्रोतले जनाएको छ ।

केही समयदेखि झापाको दमकमा मुकाम बनाएर बसेका पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ चैत १७ गते आइतबारदेखि इलाम र पाँचथर जिल्लाको ५ दिने भ्रमणमा जाँदैछन् । निज़ी   भ्रमणका क्रममा ती जिल्लाको भ्रमणमा रहँदा पूर्वराजा ज्ञानेन्द्रले त्यहाँस्थित विभिन्न देवीदेवताको मन्दिर तथा शक्तिपीठहरुमा पूजा/आराधना तथा दर्शन गर्ने छन् ।

 

भ्रमणका क्रममा चैत १७ गते आइतबारसाँझ पूर्वराजा ज्ञानेन्द्र इलामको सदरमुकाम पुग्ने र त्यहाँस्थित होटल समिटमा बस्ने व्यवस्था मिलाइएको उनका संवादसचिव डा. फणिराज पाठकले जानकारी दिए ।

 

यसैगरी दोस्रो दिन अर्थात् चैत १८ गते सोमबार पूर्वराजा ज्ञानेन्द्र पाँचथरको फिदिमस्थित गढीमा रहेको गढी मन्दिरमा पुगेर पूर्वराजाले गढीमाईको दर्शन तथा आराधना गर्नेछन् । सो दिन वेलुका उनी त्यहाँस्थित होटल मानश्रीमा बस्नेछन् ।

 

त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रले २०७५ चैत १९ गते मंगलबार इलाम फर्किएर त्यहाँस्थित माईस्थान भगवतीको दर्शन तथा आराधना गर्नेछन् भने अर्को दिन चैत २० गते बुधबार पनि उनी इलाममा नै बस्नेछन् ।

 

यसरी पूर्वी पहाडका दुई जिल्ला इलाम र पाँचथरको भ्रमण पूरा गरी उनी चैत २१ गते अर्थात् बिहीबार मात्रै झापाको दमक फर्कने कार्यक्रम रहेको छ ।

 

यसअघि तराई मधेशका केही जिल्लाको भ्रमणमा पनि पूर्वराजा ज्ञानेन्द्रले त्यहाँस्थित मठ मन्दिर तथा देवीदेवताको मन्दिरमा पुगेर पूजाआराधना तथा दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...