यी हुन् अहिलेसम्म पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्ता



हाम्रो इकोनोमि

 

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम बिस्फोट यता नेकपा विप्लव समूहका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ परेका छन्।

प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय, काठमाडौँले सबैभन्दा बढी २२ जना पक्राउ गरेको छ।

त्यसैगरी, सिन्धुपाल्चोकबाट १७, ललितपुरबाट १०, इलामबाट ८, तनहुँबाट १२, अछामबाट ५, सप्तरीबाट ४, सर्लाहीबाट ३, सल्यानबाट ४, सुनसरीबाट ४, सोलुबाट ४, उदयपुरबाट २, कपिलवस्तुबबाट ३, चितवनबाट ७, कालिकोटबाट ३, कास्कीबाट ९, डोल्पाबाट २, बाराबाट ४, भोजुरबाट २  जना पक्राउ परेका छन् ।

यस्तै, दाङबाट ३, म्याग्दीबाट ६, रामेछापबाट २, धनकुटाबाट ३, रुकुम पश्चिमबाट २, नवलपरासी पश्चिमबाट २, नवलपरासी पूर्वबाट २, रुपन्देहीबाट ४, रोल्पाबाट ३, रौतहटबाट २, पर्साबाट ४, लमजुङबाट २, पाँचथरबाट २, प्यूठानबाट ३, बाँकेबाट ६, संखुवासाबाट ३, मकवानपुरबाट २ र गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोटबाट एक- एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थायी समिति सदस्य तथा मध्य कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लगायत केन्द्रदेखि जिल्लास्तरसम्मका नेता–कार्यकर्ता छन्। पक्राउ परेकाहरुलाई सम्बन्धित क्षेत्रमा अदालतमा पेश गरिएको छ।

प्रहरीले विप्लव समूहका जनसरकार प्रमुखहरुलाई पनि पक्राउ गरेको छ ।

१० फागुनमा नख्खुमा एकजनाको ज्यान जाने गरी बम बिस्फोट भएपछि नेकपा विप्लव समुहप्रति सरकार आक्रामक बनेको हो। सरकारले फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...