डरायो विप्लव समूह : घोषित नेपाल बन्द कार्यक्रम फिर्ता



हाम्रो इकोनोमि

 

आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछि रिहाको माग गर्दै घोषणा गरेको नेपाल बन्द नेत्रबिक्रम चन्द विप्लव समूहले फिर्ता लिएको छ । सरकारलाई दबाब दिन लामो समय देखि बन्द हड्ताल गर्दै आएको विप्लव समुहले घोषित कार्यक्रम फिर्ताको घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दसँगै संघर्षका कार्यक्रम फिर्ता लिएको निर्णय बाहिर आएको हो ।

 

विप्लव समुहले सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको थियो । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो । विप्लव माओवादी अहिले एसईईको परीक्षा चलिरहेको हुँदा बन्दलाई पछि सारिएको जनाएको थियो ।

 

तर परीक्षा २६ गते नैं सकिने देखिएको छैन् । अर्को तिर नेपाल बार एसोसिएसनको चुनाव पनि पर्न गएको छ । बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए । जन दबाब र लाखौं विद्यार्थीको भविष्यलाई ख्याल गर्दै आफुहरुले बन्द फिर्ता लिएको एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...