भेनेजुयला प्रकरणले अमेरिका–रुसबीच लडाई सुरु, विश्व त्रसित !



हाम्रो इकोनोमि

 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएको भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राख्नुभएको हो ।

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताउनुभएको हो ।

“भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई भन्नुभएको छ, अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भेनेजुयलाका ‘अवैधानिक’ राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन गोप्य रूपमा रूसी सैनिक अधिकारी भेनेजुयला प्रबेश गरेकोले यसबाट भेनेजुयलाका जनता जसले ‘अन्तरिम राष्ट्रपति’हुँवा गुएइदोलाई समर्थन दिएका छन्,लाई खतरा बढेको छ, पोम्पेओले भन्नुभयो ।

गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाउनुभएको छ । अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन् । पोम्पेओले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...

दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...