यौन सम्पर्क गर्दा पनि सरकारलाई कर तिनुपर्ने !



हाम्रो इकोनोमि

 

तपाईलाई यो कुरा सुन्दा केही अच्चम लाग्सक्छ ! तर, एक समय थियो जब यस्तो अनौंठो कुराहरुमा विशिष्ट कर संसारमा लगाईयो ।

जुन आज पनि केही देशमा लागू भइरहेको छ ।

यद्यपि यस्तो केही करको बारेमा सुन्दा जो कोहीलाई अच्चम लाग्छ, त्यो हो ‘सम्भोग कर ।’ चिन्ता नगर्नुहोला यस्तो कर नेपालमा भने लगाइएको छैन, यद्यपी लगाउनु पर्छ भन्ने आवाज चाहीँ सुनिन थालेको छ ।

नेपालमा थुप्रै अवैध वेश्यालयहरू छन् भनेर मानिन्छ । भलै, राज्यले यसलाई कानुनी मान्यता दिइसकेको छैन ।

तर, कानुनी मान्यता चाहिने बरू सम्भोग कर तिर्न तैयार रहेको भनाई बेलाबेला चर्चामा आइरहन्छ । यसबाट राज्यको आम्दानी पनि हुने जानकारहरूको भनाई छ ।

‘सम्भोग कर’ नेपालमा नलिएता पनि केही देशहरूमा प्रचलनमा छ । सम्भोग कर अर्थात् यौन सम्पर्क गर्दा तिनुपर्ने राजश्व । अहिले जर्मनीमा यो प्रचलनमा छ । जर्मनीमा सम्भोग कानुनलाई लागु गरिएसँगै वेश्यावृत्तिलाई पनि कानूनी मान्यता दिइएको थियो । यो कानुन सन् २००४ मा बनाइएको थियो । यस कानुनअनुसार पैसा लिएर सम्भोगकार्य गर्नेका लागि प्रति महिना १५० यूरो अर्थात् १९२९४ नेपाली रुपैँया तिर्नुपर्छ ।

राज्यले सम्भोग करको कारण एक वर्षमा १० लाख यूरो अर्थात् नेपाली रूपैँया १२ करोड ८६ लाखभन्दा बढी आम्दानी गरिरहेको एजेन्सीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...