चलचित्र कलाकार संघमा दुई दशकदेखि नभएका काम पुरा गर्न महासचिबमा उम्मेदवारी – सञ्जय खतिवडा
यही आगामी चैत्र २३ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अभिनेता सञ्जय खतिवडाले महासचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको संघको अधिबेसनबाट चयन हुने नयाँ कार्य समितिको सर्वशक्तिमान पद महासचिबमा उहाँ आफु योग्य रहेको पुष्टी गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँ नेपालमा छोटो समयमा नै सबैभन्दा रुचाईएका मोडल, नायक तथा निर्देशक हुनुहुन्छ ।
हुन त उहाँको धेरै समय र्याम्प वर्कमा नै वितेको छ । सन् २०१३ मा चलचित्र नो स्मोकिङ्ग चलचित्रको मुख्य भूमिकाबाट अभिनय क्षेत्रमा जम्न सुरु गर्नुभएका नायक सञ्जय बौद्धिक कलाकारसँगै बोल्ने र लेखन कला असाध्यै भएको व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । निवर्तमान संघका अध्यक्ष नबल खड्काको प्रस्तुती रहेको चलचित्र भिमदत्तको मुख्य भूमिका सञ्जयको प्रशंसा योग्य चलचित्र हो । त्यसपछि दसगजा, नरसिंहा जस्ता देशभक्तले सजिएका चलचित्रमा उहाँको मुख्य भूमिका छ । राष्ट्रको पहरेदार कलाकारको भूमिका उहाँका चलचित्रले दिएको छ । समाजलाई अगाडी बढाउन भूमिका नै जरुरी छैन भन्ने विचार राख्नुहुने सञ्जयले चलचित्र क्षेत्रका धेरै परिवर्तनका बखत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
पूर्वको तेह्रथुम जिल्लामा जन्मेर औपचारीक शिक्षा अध्ययन र करियरको शुरुवातका लागि काठमाडौ आउनुभएका सञ्जयले यसअघि नै चलचित्र क्षेत्रको विकासका लागि विभिन्न मञ्चमा शसक्त आवाज उठाइरहनु भएको छ । आज हामीले नेपाल चलचित्र कलाकार संघ जस्तो गरिमामय संस्थाको कार्यकारी पद महासचिबमा सञ्जय खतिवडाको उम्मेदवारी किन भन्ने सन्र्दभमा आधारित रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गर्दछौ ।
नेपाल चलचित्र कलाकार संघमा महासचिब पदको तपाईको उम्मेदवारी किन ?
महासचिब पद कुनैपनि संस्थामा सबैभन्दा जिम्मेवार पद हो । यो पद प्राविधिक पदपनि हो । लेखन, वाक क्षमता, भिजन भएको दक्ष व्यक्ति महासचिब भएका संस्था धेरै माथी पुगेका छन् । मेरो पढाईपनि चलचित्र क्षेत्रसँग सम्बन्धित छ । मेरो योगदानपनि नेपाली चलचित्र र कलाकारीतामा नै छ । यो पदका लागि नेपाली चलचित्र क्षेत्रलाई विश्व बजारसँग निरन्तर सम्वाद, सहकार्यसँगै सहयोग आदान–प्रदान गर्न सक्ने हुनुपर्छ । यसका लागि एकदमै दक्ष र जानकार व्यक्ति हुनुपर्छ । कलाकार संघ दुई दशकको इतिहास बोकेको संस्था हो ।
यति लामो इतिहासमापनि अन्र्तराष्ट्रिय जगतमा अहिलेसम्म देख्न सकिन्न । विगत १० बर्ष अघि फिल्म आर्टिष्ट फेडेरेशन युकेसँग हामी आवद्ध छौ । आदरणीय तत्कालिन अध्यक्ष रमेश बुढाथोकीले यो कार्य गर्न सक्नुभयो । तर त्यसपछि त्यो आवद्धतालेपनि केही काम गर्न सकेको देखिएन । आवद्धता छ तर अहिलेसम्म केही लेनदेन भएको एउटा पत्रपनि वा सम्वादपनि भएको देखिन्न । त्यो संस्था विश्वभरी पुगेको छ । विश्वबजारमा नेपाली चलचित्र पुर्याउन, नेपाली कलाकारलाई विश्वका उत्कृष्ठ मञ्चमा पुर्याउन त्यो र त्यो जस्ता संस्था चाहिन्छ ।
त्यो संस्थासँग सम्बन्ध कायम गर्न सक्ने कोही छैन । भएको भए २० बर्षको इतिहासमा केही संकेत त देखिन्थ्यो । त्यस्ता अन्र्तराष्ट्रिय संस्थासँग सम्बन्ध कायम गर्न, सम्वाद गर्न, अन्र्तराष्ट्रिय मञ्चमा नेपाली चलचित्र जोड्न, विश्व बजारमा चलचित्र प्रर्दशन गर्न, उत्पादन गर्न निरन्तर सम्वाद गर्न सम्बन्ध बढाउन संघले सञ्जय खतिवडा नै खोजेको देखेको छु ।
म चलचित्रको नायकको भूमिकामा मात्र छैन । विश्वको चासोको विषय बनेको जलवायु परिवर्तनको असरको क्षेत्रमा काम गरिरहेको छु । विश्व चर्चित अमेरिकी संस्था सेतो प्लानेट (प्रकृती बचाउ अभियान) को नेपालका लागि सद्भावना प्रवद्र्धन दुतको हैसियतमा अहिले म विश्व मानव समुदायकै हितका लागि काम गरिरहेको छु । मेरो यो हैसियतले मेरो परिचय बोकेको कलाकार संस्थालाई मैले विश्व बजारमा पुर्याउन सक्छु । विश्वका चलचित्र उद्योग, सामाजिक कार्य गर्ने निकायसँगको सहकार्यमा नेपालमा ठूलो बजेट ल्याउन मात्र हैन । विश्वको चलचित्र उद्योगलाई नेपालमा आकर्षित गर्न सक्छु । हामीले राम्रो र लिगल नेतृत्व स्थापित गर्न खोजेको हो । यसका लागि म काम गर्छु ।
कलाकार देशका गहना हैन, ऐन हुन् । अब बोल्ने भाषा नै परीवर्तन गर्नुपर्छ । कलाकारलाई ब्यवसायीक बनाउन सक्षम बनाउन म मेरो उम्देवारी हो भन्न चाहान्छु । कलाकार कुनै राजनीतिक दलको भरिया हैनन् । चुनावका बेला उनीहरुको बिचार बोकेर प्रचारक बन्ने मात्र कलाकारको भूमिका हैन । उनीहरुलाई दिशानिर्देश गर्ने पदप्रर्दशक हुन् । राज्यसँग कलाकारको यो हैसियत बनाउन लड्नेछु । नेपाली चलचित्रसँग सम्बन्धित कलाकारलाई सचेतनशील बनाउन जरुरी छ ।
चेतना त जन्मजात लिएर आउँछन् । तर सचेत हुन नसक्दा ठूलो नोक्सान भएको छ । कलाकारको पगरी गुथेर । सडकमा नांगै, भुतुङ्गै हिँडेको छ । हिँडे मै त हिँडे नी अरुलाई के भयो भन्नेहरुपनि धेरै छन् । त्यस्ताले गर्दा राम्रा कलाकारको हैसियत गुमेको छ । अरुलाई के भयो भन्ने मात्र हैन उनीहरुका कारण कलाकारिता क्षेत्रमा नै ठूलो असर पुग्यो । यसैले उनीहरुलाई शिक्षा दिएर होस् या लगाम लगाएर सचेत बनाउन मेरो उम्मेदवारी हो । मानौ कि कुनैपनि सेलिब्रेटी खुलेआम फुटपाथमा हिँडिरहेको हुन्छ भने दर्शकले हलमा हेर्न किन जाने ? खै स्र्टाडम राखेको । अर्को कुरा सर्टिफिकेटको शैक्षिक योग्यता हैन । कलाकारको योग्यता नै कलाकारिता हो । यसको हैसियत बचाएर राख्न नसक्दा अरुलाई पिडा भो ।
अर्को कुरा यहाँ कलाकारको पारिश्रमीकको कुरा निक्कै ठूलो विवादमा छ । अब कलाकारले पारिश्रमीकका लागि रुने दिन समाप्त पार्नुपर्छ । कलाकार संघ र निर्माता संघबीच काम गर्नुपर्छ । निर्माताले काम ल्याउने, कलाकार संघले कलाकार दिने । निर्माता संघले मलाई यस्तो कलाकार चाहियो भन्छ कलाकार संघले भनेजस्तो कलाकार दिन्छ । रोजेजस्तो पारिश्रमीकपनि त्यही बेला ग्यारेण्टी गरेर मात्र पठाउँछ । यो पद्धती विकास गर्न मेरो उम्मेदवारी ।
रेमिटान्सले धानेको देश हो भनिएको छ । विश्व बजारमा नेपाली कलाकार विश्वका कुन कुनामा कहाँ गएर के काम गरिरहेका छन् भन्नेपनि हल्ल नचलेका हैनन् । जब बेइजत हुन्छ अनि कलाकारले यसो गरे भनिन्छ । खै पद्धती ? यदि कोही कलाकार विदेश गएर केही गलत गर्दैछ भने त्यसको जिम्मेवारी कलाकार संघले लिन सक्छ । जतिबेला कलाकार संघको अनुमति बाहेक अन्र्तराष्टिर्य विमानस्थल नै पार गर्न नपाउने पद्धती बनोस् । हामी दिन्छौँ त्यो पद्धती । र हामी दिन्छौ कलाकारको इज्जतको ग्यारेण्टी । कुन कलाकारलाई विश्वका कुन ठाँउबाट बोलाईयो । कति पारिश्रमीक पाउने हो ? कुन–कुन ठाँउ पुगेर पर्किने हामी गरिदिन्छौ एकिन ।
पद्धती बनायो भने कलाकारको सम्मानपनि विश्वको जुनसुकै कुनामा हुन्छ । बद्नामपनि शुन्यमा झर्छ । यसको ग्यारेण्टी गर्न मेरो उम्मे्दवारी हो । अर्को कुरा दुई शताब्दि पुरा गरेको संघ र नेपाली चलचित्र उद्योगले थुप्रै उपलब्धि हासिल गरेको छ । यसलाई संग्रहित गर्न संग्राहलय बनाउन, नेपाली चलचित्र उद्योगको प्रचार गर्नका लागि, गुणस्तर विकास गर्नका लागि नियमन निकायसँग सम्बन्ध र ब्यवसायीक लेनदेनका लागि मेरो उम्मेदवारी हो । तपाईको लोकप्रिय मिडिया मार्फत म घोषणा गर्न चाहान्छु राज्यले घुडा टेकेर भएपनि चलचित्र क्षेत्रमा लगानी गर्ने बनाउने क्षमता राख्छु । देशको अर्थतन्त्रको पहिलो पिल्लर चलचित्र उद्योग बन्न सक्छ ।
किनकी नेपाल विश्व चलचित्रका लागि सिंगो स्टुडियो हो । यहाँको प्रकृती, कला, संस्कृती चलचित्रमा उतारे विश्वका चलचित्र उद्योग उभो लाग्छन् । अर्बौ लगानी नेपालमा आउँछ । अनि राज्यले किन नगर्ने लगानी । अर्को कुरा कलाकारको योग्यताको मापन असम्भव हो । भर्खर आएको कलाकारसँगपनि अमुल्य कला हुन्छ । बर्षौ घोटिएको कलाकारसँगपनि कमि हुन्छ । यसैले राज्यले कसैलाई बरिष्ठ, कसैलाई कनिष्ठको परिचयपत्र भिराउने विभेदकारी नीति ल्याएको छ । यसको परिमार्जन गर्न मेरो उम्मेदवारी हो । सम्बन्धित निकायले कलाकारलाई कसैले बिशिष्ट भनेर छुट्याउन सकिन्न । अर्को महत्वपूर्ण कुरा गर्न चाहान्छु ।
बक्स अफिस लागु भएको छ । यो नेपालमा नाममात्रको हो । अझै हलवाला र निर्माता मात्र पोस्ने काम भएको छ । राज्यले सिण्डिकेट खारेज गर्ने भन्यो । सबै समिति खारेज गरियो भनेर हल्ला पिट्यो । तर अहिलेपनि करोडौको लगानीमा बन्ने चलचित्र समितिमा दर्ता हुने प्रक्रिया भन्दापनि जिम्मेवारहिन तरिकाले बनिरहेका छन् । यसैले चलचित्रलाईपनि उद्योगमा ल्याउनुपर्छ । कम्पनीमा दर्ता भएकाले मात्र चलचित्र बनाए । बक्स अफिस ब्यवहारिक बन्छ । राज्यका लागि करको ग्यारेण्टी हुन्छ । कलाकारको पारिश्रमीक सुरक्षित हुन्छ ।
कम्पनीले सम्झौता गरेर काम लगाए कलाकारले बैधानिक रुपमा कानूनी रुपमापनि त्यो करारपत्रका आधारमा पारिश्रमिक बुझ्न पाँउछ । यसैले चलचित्र क्षेत्रलाई उद्योगमा विस्तार गराउन मेरो उम्मेद्वारी हो । कलाकारको कला बौद्धिक सम्पत्ति हो । त्यो बौद्धिक सम्पत्ति डिजिटल संसारमा कुन बेला करोडौ कमाउन योग्य बन्छ थाहा हुन्न । यसैले बौद्धिक सम्पत्तिमाथी कपि राईट दर्बिलो बनाउनपनि मेरो उम्मेदवारी हो ।
धेरै कुरा एकसाथ राख्नुभयो, अब कलाकारको इज्जत बढाउन के गर्न सकिन्छ ?
साधारण कुरा छ । नेपालमा कलाकार बन्न अनौठो दौड छ । केही मानिसले राम्रो देशको भिसा पाउन कै लागि घरखेत बन्दकी राखेर निर्मातालाई रकम दिने र कलाकार बन्ने होड चलेको छ । यस्ताले जस्तापनि हर्कत गरिरहेका छन् । यसैले गर्दा नेपालको कलाकारित बदनाम बनेको छ । तर धेरै कलाकार खारिएर आएका र यही मनग्गे गरिरहेकापनि हुनुहुन्छ । यसैले कोहीपनि कलाकारिता क्षेत्रमा प्रवेश गर्न चाहान्छ भने उसको सम्भावना र क्षमताको परीक्षण गर्ने निश्चित मापदण्ड बनाउने र यदी क्षमता र सम्भावना छ भने मात्र उसलाई स्वागत गर्ने मेकानिजम कलाकार संघले बनाउनुपर्छ । यसो नगरे इज्जत बचाउन सकिन्न । प्रि गाइडलाईन पुरा गर्न सक्नेलाई मात्र स्वागत गर्ने पद्धती हामी बसालौँ ।
यो देशमा चलचित्र विकास बोर्डको कार्य सञ्चालन निर्देशिका छैन । बोर्डले के गर्ने निर्देशिका नै छैन । यो तत्काल बनाउनुपर्छ । कलाकारको नियमन, नियन्त्रण, बृत्ति–विकास, क्षमता अभिबृद्धी गर्ने राज्यको जिम्मेवारी यही निकाले पाएको छ । यसैले यसलाई स्वयत्त, सर्वाधिकार बनाउनुपर्छ । वास्तविक कार्ययोजना बनाउन सक्ने भिजनरी व्यक्तित्वलाई यो निकायको नेतृत्व दिनुपर्छ । नेतृत्वका लागि कलाकार संघसँग राज्यले बुझ्ने वा सिफारिस माग्ने परम्परा बसाउनुपर्छ । यसो हुँदा कलाकारका लागि काम गर्ने निकायमा कलाकारले नै छानेर उच्च पदमा पठाउने सौभाग्य पाउँछन् । हाम्रो मान्छे भन्दापनि राम्रो मान्छे पुग्छन् ।
अर्को कुरा विश्वका हरेक प्रजातान्त्रिक मुलुकमा राष्ट्रिय चलचित्र नीति छ । हामीसँग अहिलेसम्म राज्यको आफ्नै चलचित्र नीति छैन । कलाकारको दवावमा सरकारले राष्ट्रिय चलचित्र नीति २०७२ मस्यौदा समिति बनाएको थियो । त्यसले केही कनिकुथी केही बनाएको छ । तर त्यो कार्यन्वयनमा छैन । मैले किन कनिकुथी भनेको हो भने त्यो मस्यौदा समित कहिलै पूर्ण भएन ।
म फेरीपनि भन्न चाहान्छु । अहिले दुई तिहाईको सरकार छ । वर्तमान प्रधानमन्त्री आदरणीय केपी शर्मा ओलीले बेला–बेला संबृद्धिको नारा पपुलर बनाउनुभएको छ । आदरणीय सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल विश्वको चलचित्र उद्योगको स्टुडियो हो । उहाँ राज्यले लगानी गर्छ भन्नु भएको छ । तर त्यो अब बोलीमा मात्र हैन । काममा बदलौँ । हामी विश्वका चलचित्र उद्योग बोलाउन सक्छौ । तर सुरक्षा छैन । सेवा, सुविधा छैन । भनेजस्ता भौतिक पूर्वाधार छैनन् ।
नेपाली चलचित्र निर्माता चोभारमा छायांकन गर्न जाँदा कुण्डले, मुण्डलेका अनेकौँ धम्की सहनुपर्छ । लाखौँ चन्दा बुझाउनुपर्छ । दशकौँको जनयुद्धले थिलथिलो भएको देशमा अझै बम र बारुद पड्काउने कुरा गरिएको छ । नेपाल ओपन स्टुडियो हो । यसमा दुई मत छैन । प्रकृतीले बरदान दिएको छ । यसको सदुपयोगका लागि राज्यले काम गर्नु पर्यो । विकास द्रुत गतिमा बढाउनु पर्यो । सुरक्षा र लगानी ग्यारेण्टीको प्रत्याभूती गराउनु पर् ।
अन्त्यमा म भन्न चाहान्छु । सरकारले हाम्रो चुनाव सकिएको केही दिनमा नै विश्वभरीका प्रतिनिधि बोलाएर लगानी सम्मेलन गर्दै छ । चलचित्र क्षेत्र उद्योग हो । यहाँपनि विश्वका मानिस लगानी गर्न इच्छुक छन् भन्ने नबिर्सियोस् । विश्वका चलचित्र उद्योग आकर्षित हुने प्रस्ताव त्यो सम्मेलनमा राखोस् । म यो माग गर्न चाहान्छु । हाम्रा सम्पूर्ण न्यायप्रेमी कलाकारहरुलाई राम्रो नेतृत्व छान्न प्रजातान्त्रिक प्रक्रिया (सम्मेलन) मा सहभागी हुन र मतदान दिन हार्दिक अपिल गर्दछु ।