डिभोर्स गरेर छुट्टिएर बसेका गायिका अन्जु पन्त र पुर्व पति मनोज राजलाई मिलाइन प्रियंका कार्कीले



हाम्रो इकोनोमि

 

दाम्पत्य जीवन सुखद नभएपछि पति मनोज राजसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले हालै अचम्मको ‘सहकार्य’ गरेकी छन् ।

व्यक्तिगत सम्बन्धमा आएका विवादलाई छताछुल्ल पारेर सम्बन्ध बिच्छेद गरेको यो जोडीले भत्किएको जीवनलाई उठाउने पारिवारिक सहकार्यचाहीँ गरेका होइनन् ।

उनीहरूको यात्रा गायनका लागि भएको हो । जसको गीत र म्युजिक भिडियो बजारमा आइसकेको छ ।

युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजलको म्युजिक भिडियो नै बाहिरिएको छ ।

मनोज राजको संगित रहेको गजलमा अञ्जु पन्त गाउन राजी भएपछि गीत आएको हो । गजल सुरेश वाग्लेले लेखेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, अनिल थापा र गजलकार वाग्लेको अभिनय छ । सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । उनीहरू सँगै गाउन राजी नभए पनि गजलकार वाग्लेको पहललले काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...