लगातार ४५ दिनसम्म ‘पबजी’ खेल्दा एक युवकको मृत्यु



हाम्रो इकोनोमि

 

भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ ।

तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन ।

रिपोर्ट अनुसार उनी ४५ दिनदेखि लगातार ‘पबजी’ गेम खेलिरहेका थिए जसका कारण उनको गर्धन निकै दुख्न थाल्यो ।

त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको ज्यान गएको हो ।

उनको उपचारमा संलग्न डाक्टरहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् ।

पबजी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता पबजी कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र पबजी खेल्न पाउने व्यवस्था गरेको छ ।

उक्त फिचर अनुसार प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...