२० लाख दाइजोसहित बिबाह गरेकी श्रीमतिलाई निर्घात कुटपिट गर्ने डाक्टर यादव प्रहरी खोरमा



हाम्रो इकोनोमि
 

नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले अाफ्नी जेठी श्रीमती सुनीता यादवलाई मरणासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी सुनितकाको अहिले काठमाडाैँको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको अधिकारकर्मी सावित्री सुवेदीले बताएकी छिन ।

 

यसअघि सुनिताको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भैइरहेको थियो तर चिकित्सकले थप उपचारका लागि काठमाडाैँ लैजान सुझाव दिएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको सुवेदीले बताइन । पीडित सुनिताको भाइ सन्तोष यादवका अनुसार कुटपिटमा संलग्न डा. यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी सुनिताको शरीरभरि निलो डाम छ । दुवै कुममा पोलेको दाग छ । सुनिताका भाइ सन्तोष यादवले यसअघि पनि दिदीलाई घरमा यातना दिने गरेको बताए । बाराको परवानीपुर ५ बहुअरी निवासी ४३ वर्षीय सुनिताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा. सचितानन्द यादवसँग विवाह भएको थियो ।

 

त्यस बेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको यादवले बताएका छन । प्रहरी हिरासतमा रहेका डा. सचितानन्दले श्रीमती घरमा आफैं लडेर घाइते भएको दाबी गरेका छन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...