नेपाल प्रहरीकै पेजमा राति यस्ता अश्लिल तस्विर पोष्ट भएपछि



हाम्रो इकोनोमि

 

अहिले नेपालमा सामाजिक सञ्जाल एकदमै असहज बन्दै गएको छ ।

एक नेतासँग अर्को नेताको फोटो सम्पादन गरेर होस वा अन्य कुनै कारणले होस नेपालमा सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा हिजो बेलुका साढे ८ बजे प्रोफाइल र कभर तस्विर अचानक परिवर्तन भएको देखियो ।

२०१६ पछि सोमबार पहिलो पटक एक्टिभ देखिएको यो फेसबुक पेजमा एकाएक अश्लिल तस्विर पोस्ट भएपछि गोरखा प्रहरी पनि हैरान भएको छ । प्रहरीसँग यो फेसबुक पेजको पासवर्ड नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका असई महेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँले सोमबार साँझ यो घटना भएको भन्दै मंगलबार यो विषयमा छानविन हुने बताउनुभयो । यो फेसबुक पेज धेरै पहिला बनेको हुँदा त्यसपछि सरुवा भएर धेरै प्रहरी अधिकारी गइसकेकाले यसको पासवर्ड जिप्रकासँग नरहेको उहाँको दावी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ । रातभरि सुत्न पनि पाएको छैन’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन् । हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं ।’ सिआईबीको समेत प्रयोग गरिएको छ र अहिले यो पेज फेसबुकमा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...