नायिका प्रियंका कार्कीले आफैले खोलिन् आफ्नी आमा बारे यस्तो रहस्य !



हाम्रो इकोनोमि

 

 

अमेरिकामा चलचित्र सम्बन्धीको उच्च शिक्षा हाँसिल गरेर नेपाली चलचित्र क्षेत्रमा फर्केकी प्रियंका कार्कीलाई दुई जना आमाको माया पाएकी छिन् ।

पछिल्लो समय चलचित्रसँगै सामाजिक काममा पनि व्यस्त कार्कीको यो रहस्य धेरैलाई थाहा थिएन ।

तपाईलाई जानकारी गराउँ प्रियंका स्वयमको पनि आयुष्मान जोशी देशराजसँग भएको दोस्रो विवाह हो ।

प्रियंका आफैंले पनि आफ्ना बुवा भुपेन्द्र कार्कीकी कान्छी श्रीमती अंगु कार्कीसँगका थुप्रै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्छिन् ।

उनका फोटो र उनका पोष्ट हेर्दा लाग्छ कि प्रियंकाको सौतेनी आमासँगको सम्बन्ध निकै आत्मीय र साथित्वको रहेको छ ।

यस्तै, प्रियंकाले सोमबार आफ्नो फेसबुक पेजमा आमा अंगु कार्कीलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले फेसबुकमा एक पारिवारीक तस्वीर राख्दै लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाई एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो सुन्दर परिवारलाई एक बनायो ।

एउटा यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबीचको सम्बन्ध मायाले बाँधिएको छ । नुनु, तपाईंलाई जन्मदिनको शुभकामना । मलाई हामीबीचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...