सिके राउतले राष्ट्र विखण्डनकै गीत गाएको रावलको दाबी, राष्ट्रिय गान गाएको प्रमाण दिन चुनाैति



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी  नेकपाका नेता भीम रावलले सिके राउतले पार्टीको बैठकमा राष्ट्र विखण्डनकै गीत गाएको दाबी गरेका छन । सोमबार राति एपीवान टेलिभिजनका टिकाराम यात्रीसँगको अन्तर्वार्तामा नेता रावलले सिकेको पार्टीको बैठकको सुरूवात राष्ट्र विखण्डन गर्ने गीतबाट सुरू भएको बताए ।

उनले सिकेको बैठकमा राष्ट्रिय गान गाएको भन्ने प्रमाण दिन चुनौति दिए । आफू गृह मन्त्रालयको सफल नेतृत्व गरिसेको व्यक्ति भएको बताउँदै नेता रावलले सिके र उनका गतिबिधि झनै शंकास्पद हुँदै गएको बताए । सिकेको बैठकमा गाइएको बिखण्डनको गीतको भिडियो नै आफूले प्राप्त गरेको भन्दै नेता रावलले सिकेको बैठकमा गाइएको भनिएको राष्ट्रिय गानको भिडियो सार्वजनिक गर्न चुनौति दिए ।

 

तथ्यमा आधारित भएर तर्क गर्ने नेता रावलको यस दाबीले सरकार र सिके बीचको सम्बन्धमा अनेकौँ प्रश्न चिन्हहरू देखिएका छन । सिकेको बैठक राष्ट्रिय गानबाट सुरू गरिएको भन्दै गोयबल्स शैलीमा मिडिया र सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । रावलले पछिल्लो समय सरकारको गलत कामको खबरदारी गर्दे अाएका छन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...