कमजोर आर्थिक अवस्था भएका बिरामीको निःशुल्क शल्यक्रिया !



हाम्रो इकोनोमि

 

बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा रहेको डेढ किलोग्राम ट्युमरको शल्यक्रिया गरिएको हो ।

गत चैत्र ७ गते अस्पतालमा भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा.द्वारिका प्रसाद बजगाईं, डा.अरुण कुमार महत तथा नाक, कान, घाँटी विशेषज्ञ डा.अंशु शर्मा, एनेस्थेटिक डा.नवीन रेग्मी, डा.कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक टिमले सफल शल्यक्रिया गरेको थियो ।

अपरेशन गर्दा स्नायुहरुमा क्षति पुग्ने जोखिम हुने भएपनि आफूहरुले दुई घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको र अहिले विरामीको अवस्था खतरामुक्त रहेको उपचारमा सग्लन डा.बजगाईंले बताए ।

उनका अनुसार यस खाले ट्युमर पलाएका विरामी धेरै भएपनि यति ठूलो ट्युमर विरलै हुने गर्दछ ।

सानै उमेरमा बुवा आमा गुमाएका, आफन्त कोही पनि नभएका असहाय, आर्थिक समस्याले उपचार गर्न नसकिरहेका व्यक्तिलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैं व्यहोरेर उपचार गरेको अस्पतालका निर्देशक डा.एम.किदवाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...