चैत महिनाभित्र विप्लवलाई पक्राउ गरिसक्ने प्रधानमन्त्रीको दाबी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सोमबार सम्बोधन नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘वहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ ।’

 

ओलीले विकास निर्माणमा अवरोध गर्ने, शिक्षा–स्वास्थ्यमा अवरोध गर्ने र चन्दा माग्ने जो कोहीलाई नियन्त्रण गर्ने बताए । ‘विकास निर्माणमा अवरोध, शिक्षा–स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया–हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै’ ओलीले भने ।

 

ओलीले संसदको हिउँदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई ओलीले निर्देशन दिए ।

 

‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस्, भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ त्यसको खण्डन गर्नुहोस्’, ओलीले भने, ‘सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस् । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस् ।’

उनले जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिन पनि सांसदहरुलाई आग्रह गरे ।

 

नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए । तर, अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

 

‘केन्द्रमा एकीकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’, उनले भने, ‘तर अब अध्यक्ष (पुष्पकमल दाहाल प्रचण्ड) अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।’

 

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको पनि बताए । नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको उनको भनाई छ ।

 

‘देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ, समृद्धि सहितका सुखी नेपाली’ ओलीले भने, ‘यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...