आयो हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती : ७५० जनाको लिइसक्यो ज्यान



हाम्रो इकोनोमि

 

शक्तिशाली तुफानपछि समयमा मानवीय उद्धार र सहायता हुन नसक्दा तीन अफ्रिकी देशमा हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती आएको छ । तुफान र तुफानपछिको महामारीका कारण अहिलेसम्म ७५० जनाको ज्यान गएको छ । तीन अफ्रिकी देशलाई केन्द्र बनाएर आएको इदाई तुफानका कारण अहिलेसम्म यत्ति मानिसहरुको मृत्यु भएको छ ।

 

आज १० दिन भैसक्दा ७५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । लाखौं घरबार बिहिन भएका छन्, अधिकारीहरुका अनुसार मर्नेहरुको संख्या बढेर एक हजार सम्म पुग्न सक्नेछ । उद्धारको काममा ढिलाई भइरहेको कारणले गर्दा पनि मर्नेहरुको संख्यामा केही वृद्धि हुन सक्ने जनाइएको छ ।

 

मोजाम्बिक, जिम्बाब्वे र मालावीमा तत्काल बिजुली र पानीको व्यवस्था गर्ने कार्य भइरहेको छ । मोजाम्बिकमा ४४६, जिम्बाब्वेमा २५९ र मालावीमा ५६ भन्दा धेरैको ज्यान गएको छ । अहिले उक्त क्षेत्रमा सुद्ध पानी लगायतको व्यवस्था हुन सकेको छैन । बढ्दो फोहोरका कारण त्यहाँ हैजा, मलेरिया लगायतका सरुवा रोगको महामारि फैलिएको हँदा मर्नेहरुको संख्या कत्ति हुन्छ भनन सक्ने अवस्था छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...