जंगलमा लुक्दै लावालस्कर सहित यस्तो अवस्थामा भेटिए विप्लव



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा राजनीतिक कुरालाई छाडेर अपराधिक क्रियाकलापहरुमा संलग्न भएको भन्दै सरकारले नेत्रबिक्रम चन्द (विप्लव) माओवादीलाई प्रतिबन्ध लगाएको छ । यही कारण विप्लव समुहका नेताहरु एक पछि अर्को गर्दै धमाधम पक्राउ परिरहेका छन् । सरकारले कडा रुपमा अप्रेसन थालेर नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न सुरक्षाकर्मीलाई आदेश दिएको छ ।

 

केही दिन पहिले मात्रै विप्लवका चर्चित नेता हेमन्त प्रकाश वली (सुर्दशन) लगायतका नेताहरु पक्राउ परेका छन् । अर्को तिर नेत्र विक्रम चन्द विप्लव भने भाग्दै हिडेको खुल्न आएको छ । उनी अहिले नेपाल भित्र भएको तर दुर दराजका गाउँहरुमा लुक्दै हिडेको विशेष स्रोतले जानकारी दिएको छ ।

 

अर्को तिर सरकारले आत्मसर्मपण गर्न भनिरहेको छ । अर्को तिर विप्लवले भ्रष्ट्राचारीहरुलाई सिद्धाउन आफुहरुको आन्दोलन सुरु हुने बताउदै आएका छन् । यो भन्दा पहिले पनि पार्टीका नेताहरु समयसमयमा पक्राउ परेका छन् ।

 

विभिन्न ठाउँहरुमा बम विष्फोट गराएपछि आक्रमक बनेको सरकारले कडा कदम चालेको हो । अहिले देशमा फेरि दोस्रो जनयुद्धको अवस्था देखिएको केही जानकारहरुले बताएका छन् ।

 

उनी दुर दराज जहाँ सुरक्षाकर्मीको पहुँच छैन । त्यहाँ निक्कै ठूलो लावा लस्करसहित हिँड्ने गरेको खुल्न आएको छ । उनीहरुकै समुहबाट एउटा तस्विर र भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा निक्कै बिकट गाँउको जंगलमा ठूलो समुहमा हिँडिरहेको देखिन्थ्यो । साथमा बन्दोबस्तीका सामानहरु बोकेर हिँडिरहेका युवाहरुपनि देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...