२ हजार बहूमूल्य कार बोकेको जहाज यसरी समुन्द्रमा डुब्यो



हाम्रो इकोनोमि

 

ब्राजिलबाट इटाली गईरहेको इटालियन मालबाहक पानी जहाज गत मंगलबार आन्ध्र महासागरा डुब्यो ।

उक्त पानी जहाजमा २ हजार भन्दा धेरै निकै महंगा कारहरु थिए र पानी जहाजसँग अर्बौँ मूल्यका ती कारपनि समुद्रमा डुबे ।

अर्डर गरेका ग्राहकलाई डेलिभरी गर्नका लागि ल्याइएका ती कारमध्ये ३७ वटा पोर्शेे ब्राण्डका कार थिए, जसको मूल्य करोडौँ पर्दछ ।

 

त्यस्तै आउडी कम्पनीका बहूमूल्य कारहरु पनि डुबेका थिए ।

जहाज दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन ।

जहाजमा रहेका २७ जना चालक दलका सदस्यहरुलाई बेलायती सैनिक उद्धार टोलीले सकुशल उद्दार गरेको थियो ।

उक्त पानीजहाजको नाम ग्राण्ड अमेरिका थियो । फ्रान्सको तटीय क्षेत्रभन्दा १५० माइल टाढा आन्ध्र महासागरमा जहाज दुर्घटना भएको हो ।

उक्त जहाज जर्मनीको ह्याम्बर्गबाट मोरक्कोको कसाब्लांकातर्फ जाँदै थियो ।

तर कसाब्लांकाको नजिकै पुग्नै लाग्दा जहाजलाई ब्राजिल तर्फ जान भनियो ।

जहाज आफ्नो पूर्व निर्धारित दिशामा फ्रान्सको ब्रेस्टबाट दक्षिण पश्चिम दिशामा चलिरहेको थियो ।

त्यहीँबेला अकस्मात जहाजमा आगो लाग्यो र केही बेरमै जहाज समुद्रमा डुब्यो ।

महंगा कारहरु समुद्रको पिँधमा बिलिन भए । उक्त जहाजमा सबैजसो लेटेस्ट मोडलका कारहरु थिए ।

जहाज १५ हजार फिट समुद्रको गहिराईमा डुब्यो । उक्त दुर्घटनाबाट जर्मन कम्पनी प्रोर्शेलाई ठूलो घाटा लागेको छ ।

उसले आफ्ना ग्राहकहरुलाई नयाँ मोडलको कार प्राप्त गर्न केही समय कुर्नुपर्ने जनाएको छ ।

केही दिनमै नयाँ कारको उत्पादनको काम सुरु गरिने उसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...