समाजवादी कांग्रेस जुर्मुराउदै,गठन गर्यो खेलकुद संघ



हाम्रो इकोनोमि

 

बर्तमान ब्यबस्थाले मुलुक सखाप पार्ने निचोड सहित संबैधानिक प्रजातन्त्र,हिन्दु राज्य,स्थानिय स्वशाशन,समाजवादी अर्थनिती,प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र राष्ट्र प्रमुखमा नेपालको राजसस्थाको वकालत गर्दै आएको नेपाल समाजवादी कांग्रेसले पछिल्ला दिनमा आफ्ना गतिबिधीलाई तेज बनाऊन थालेको छ।

 

आन्तरिक रुपमा शक्ती संचयको चरणमा रहेको उक्त पार्टी ४८ जिल्लामा गतिशील बनेको मात्र छैन संगठन निर्माणमा अहोरात्र होमिएको छ। संगठनलाई थप मजबुत पार्न उक्त पार्टीले खेलकुद विभाग हेर्ने भातृ संस्था गठन गरेको छ । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय प्रभाव पार्ने उदेश्यले शनिबार समाजवादी कांग्रेसले नेपाल समाजवादी खेलकुद संघ गठन गरेको हो ।

 

उक्त पार्टीले रमेश सुनार संयोजक रहेको खेलकुद संघ गठन गरेको हो । संघमा राजुबाबु च्यामे, नगेन्द्रबहादुर कुँबर, विष्णु तामाङ, मोहम्मद ताज आलम, दामोदर बुढा मगर, मनिस लामा, सन्देश पाख्रिन र दावासिंह लामा सदस्य रहेका छन् ।

 

नेपाल समाजवादी कांग्रेसका केन्द्रिय अध्यक्ष गोविन्द निरौला र सचिव मानबहादुर गुरुङको आतिथ्यतामा पार्टी मुख्यालय अनामनगरमा नेपाल समाजवादी खेलकुद संघ गठन गरिएको हो। संघले जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने जिम्मेवारी समेत पाएको सचिब गुरुङले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...