समाजवादी कांग्रेस जुर्मुराउदै,गठन गर्यो खेलकुद संघ



हाम्रो इकोनोमि

 

बर्तमान ब्यबस्थाले मुलुक सखाप पार्ने निचोड सहित संबैधानिक प्रजातन्त्र,हिन्दु राज्य,स्थानिय स्वशाशन,समाजवादी अर्थनिती,प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र राष्ट्र प्रमुखमा नेपालको राजसस्थाको वकालत गर्दै आएको नेपाल समाजवादी कांग्रेसले पछिल्ला दिनमा आफ्ना गतिबिधीलाई तेज बनाऊन थालेको छ।

 

आन्तरिक रुपमा शक्ती संचयको चरणमा रहेको उक्त पार्टी ४८ जिल्लामा गतिशील बनेको मात्र छैन संगठन निर्माणमा अहोरात्र होमिएको छ। संगठनलाई थप मजबुत पार्न उक्त पार्टीले खेलकुद विभाग हेर्ने भातृ संस्था गठन गरेको छ । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय प्रभाव पार्ने उदेश्यले शनिबार समाजवादी कांग्रेसले नेपाल समाजवादी खेलकुद संघ गठन गरेको हो ।

 

उक्त पार्टीले रमेश सुनार संयोजक रहेको खेलकुद संघ गठन गरेको हो । संघमा राजुबाबु च्यामे, नगेन्द्रबहादुर कुँबर, विष्णु तामाङ, मोहम्मद ताज आलम, दामोदर बुढा मगर, मनिस लामा, सन्देश पाख्रिन र दावासिंह लामा सदस्य रहेका छन् ।

 

नेपाल समाजवादी कांग्रेसका केन्द्रिय अध्यक्ष गोविन्द निरौला र सचिव मानबहादुर गुरुङको आतिथ्यतामा पार्टी मुख्यालय अनामनगरमा नेपाल समाजवादी खेलकुद संघ गठन गरिएको हो। संघले जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने जिम्मेवारी समेत पाएको सचिब गुरुङले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...