अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा तालाबन्दी



हाम्रो इकोनोमि

 

नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि  चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।

 

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

 

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ । दबाब समूहका महासचिव बास्तोलाले एक जना कर्मचारी भुलबस थुनिएको बताए । समूहको शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको उनको भनाई छ ।

 

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

 

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।

 

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

 

संघीय संसदको हिउँदे अधिवेशन आज अन्त्य हुँदै

 

संघीय संसदको हिउँदे अधिवेशन आज आइतबारबाट अन्त्य हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाएर हिउँदे अधिवेशन अन्त्य गरिंदैछ भने अहिले जारी राष्ट्रिय सभाको बैठक आजै अन्त्य हुनेछ।

 

पुस ११ देखि सुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधि सभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन्।

राष्ट्रिय सभातर्फ सात विधेयक दर्ता भई तीन वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधि सभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रिय सभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...