एसईई परिक्षा दिन यसरी पुगिन् करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

नेपाली चलचित्र क्षेत्रमा दशकौं राज गरेकी नायिका तथा नेतृ करिश्मा मानन्धर एसईईमा सहभागि हुनु भएको छ ।

आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी हुनु भएको हो ।

उहाँ विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चलाएरर परीक्षा केन्द्र पुग्नु भएको हो ।

४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढ्नु भएको छ ।

नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिनु भएको छ ।

यो वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...