एसईई परिक्षा दिन यसरी पुगिन् करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

नेपाली चलचित्र क्षेत्रमा दशकौं राज गरेकी नायिका तथा नेतृ करिश्मा मानन्धर एसईईमा सहभागि हुनु भएको छ ।

आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी हुनु भएको हो ।

उहाँ विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चलाएरर परीक्षा केन्द्र पुग्नु भएको हो ।

४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढ्नु भएको छ ।

नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिनु भएको छ ।

यो वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...