श्रीमतीसँग झगडा भएपछि १२ घण्टा बोलचाल हुँदैन : वामदेव गौतम



हाम्रो इकोनोमि

 

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य वामदेव गौतम निरन्तर चर्चामा छन्।  पार्टी फुटाउँदा, एकीकरण गर्दा, चुनावमा पराजित हुँदा होस वा जित्दा, मन्त्री हुँदा होस् वा न हुँदा सधै उनी चर्चा र विवादमा  आइरहन्छन्।

 

उनको राजनीति इतिहासमा जसलाई साथ दिन्छन्, त्यसले सफलता हात पार्छ। झलनाथ खनाललाई पार्टी अध्यक्ष बनाउन होस् केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाउनहोस् उनको ठूलो भूमिका छ।

 

चर्चा र विवादमा आइरहने उनको निजी जीवन कस्तो छ। पत्नी तुलसा थापासँग उनको दिनमा एक पटक ठाकठुक पर्छ नै।  ‘कहिले त हामी ९÷१० घण्टा बोल्दैनौ पनि,’ उनले आफूले परिवारिक जीवनको बारेमा खुलासा गर्दै भने,‘हामी दिनका एक पटक त हाम्रो झगडा गर्छौ।’ २०२२ सालमा भारतको गोरखपुरमा पहिलो पटक तुसलासँग वामदेवको भेट भएको थियो।

 

तुलसाका बाबु आमा प्रवासमा पार्टीको कार्यालयका काम गर्थे। पछि वामदेव रुपन्देहीको इन्चार्ज भए। तुलसा पनि यही आइन। वामदेवसहित राजनीतिमा लागेका आधा दर्जन अविवाहित थिए। उनीहरुलाई विवाहको गर्नु पर्ने दबाब पार्टी भित्रै थियो।

 

‘हामी ४÷५ विवाह गरेका थिएनौं, दुई तीन वटी केटी प्रस्ताव गरियो पत्याइनन्’, उनले नितान्त व्यक्तिगत जीवनको बारेमो खुलाउदै भने, ‘हाम्रो विवाह कुरा चाहिँ चलिरहन्थ्यो, यसैबीच मैले तुलसालाई प्रस्ताव गरें, उनले स्वीकारिन, यसरी भयो हाम्रो विवाह।’

 

२०३१ सालमा वामदेव र तुलसाको विवाह भएको थियो।  तुलसाले पार्टी नफुटाउन समेत आग्रह गरिन्। तर वामेदव सुनेनन्। वामदेव गृहमन्त्री रहेका अवस्थामा तत्कालिन एमाले स्थानीय निर्वाचनमा गरेको अपार सफलतापछि हैसियएका वामदेवले पार्टी फुटाएरै छोडे।

 

पतिले पार्टी फुटाएर गएपछि लतारिए तुलसा पनि पछि लागिन्। २०५४  सालमा वामदेव गौतमले पार्टी एमाले फुटाएर माले बनाएका थिए। २०५६ सालको संसदीय चुनावमा लज्जास्पद पराजयपछि माले पुनः एमालेसँग एकीकरण गर्न बाध्य भएको थियो।

 

पछिल्लो समयमा अध्यक्ष केपी ओलीसँग अन्तरविरोध आइरहँदा तुलसा भन्छिन्, ‘अब चाहिँ पार्टी फुटाउन लाग्नु भो भने म साथ दिन्न है’, वामदेवले भन्छन्, ‘मेरो पार्टीमा अन्तरविरोधको कुरा आउने वित्तिकै सबैभन्दा बढी तुलसा नै चिन्तित हुन्छिन्।’

तुलसाले २०२२ सालदेखि पार्टी लागि काम गरिन्। केही खोजिनन् र पाइनन्। छोराछोरी पनि उनैले हुर्काइन। वामदेव भन्छन्, ‘अहिले आएर केपी ओलीले निगाह गर्नु भयो र उनी सांसद बनिन्।’ अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...