नेपालका लागि अमेरिकी राजदुत बेरी समलिंगी : उनी श्रीमतीको भूमिकामा छन् भने अर्का पुरुष श्रीमान



हाम्रो इकोनोमि

 

अमेरिकाले नेपालका लागि पठाएका राजदूत र्‍यान्डी डब्लु बेरी समलिंगी पुरुष हुन् । उनको यो योग्यताले विश्वभरीका समलिंगीले गर्व गरेका छन् । राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि उनको नेपालसँगको भूमिकापनि निक्कै प्रशंसा योग्य छ ।

 

लामो समयदेखि कूटनीतिक क्षेत्रमा क्रियाशील ५३ बर्षीय बेरीले सन् २००७ देखि २००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए । ‘नयाँ भूमिकामा नेपाल आउँन पाउँदा मलाई ज्यादै खुशी लागेको छ,’ राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि भनेका थिए ।, ‘नेपाल र अमेरिका बीचको मित्रता थप मजबुत बनाउन म उत्सुक छु ।’

 

राजदूत बेरी मिनिस्टर काउन्सिलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करिअर सदस्य हुन् । सन् १९९३ देखि कुटनीतिज्ञका रुपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० बर्षभन्दा लामो समय गुजारेका छन् ।

 

बेरी तेस्रोलिंगी समुदाय एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स) को मानवअधिकार प्रवर्द्धनका लागि पहिलो अमेरिकी दूत समेत हुन् । उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले फेबु्रअरी २०१५ मा यो पदमा नियुक्त गरेका थिए । २०१७ सम्म सो पदमा रहे ।

 

त्यसपछि उनी लोकतन्त्र मानवअधिकार तथा श्रमसम्वन्धी ब्यूरोमा दक्षिण तथा मध्यएसियाका लागि डेपुटी एसिस्टेन्ट सेक्रेटरी बनाइए । बेरीले न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका लगायत देशमा काम गरिसकेका छन् । उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । परराष्ट्र सेवामा आउनुअगावै बेरी तेस्रो लिंगीको अधिकारको पक्षमा खुलेका थिए । त्यसबेलासम्म अमेरिकी विदेश मन्त्रालयले तेस्रो लिंगीलाई सेवामा लिँदैनथ्यो ।

 

विदेश मन्त्रालयमा जागिर खान थालेपछि लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा खुलेर लागे । बेरीले प्रवेश सिंहसँग २०१२ मा बिहे गरेका छन् । प्रवेश श्रीमान र बेरी श्रीमतीको भूमिकामा छन् । यद्यपि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो वेबसाइटमा राखेको राजदूत बेरीको जीवनीमा उनलाई पुरुषको पहिचान दिएको छ ।

 

बेरी र प्रवेशका एक छोरा र एक छोरी छन् । छोरी आर्या ६ वर्षकी भइन् भने छोरा जान्डर ५ वर्षका भए । आफ्ना छोराछोरीको विषयमा बेरीले एक अन्तरवार्तामा भनेका थिए, ‘उनीहरु स्ट्रेट पनि हुन सक्छन् र तेस्रो लिंगी पनि हुन सक्छन् । जे भए पनि म उनीहरुलाई खुशी देख्न चाहन्छु ।’

 

अमेरिकामा सन् २००४ मा पहिलोपटक एउटा राज्यले समलिंगी विवाहलाई वैधता दिएको थियो । सन् २०१५ सम्म आइपुग्दा सबै ५० वटै राज्यमा समलिंगी विवाहले मान्यता पाइसकेको छ । अमेरिकी सरकारले यौनिक अल्पसंख्यकहरुको मानव अधिकार र लैङ्गकि समानताको सम्मान गरेको छ । जस्तै उसले हाल जर्मनीमा कार्यरत अमेरिकी राजदूत तेस्रोलिंगी समुदायबाटै पठाएको छ ।

 

नेपालको संविधानले पनि यौनिक अल्पसंख्यकहरुको समान अधिकार प्रत्याभूत गरेको छ । त्यसैले हामीले पनि अमेरिकाले लिएको नीतिबाट सिक्ने हो कि रु यस सन्दर्भमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी एउटा सकारात्मक प्रेरणा स्रोत बन्न सक्छन् । Source 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...