साफ महिला फाइनल: भारतविरुद्ध नेपालको बराबरी, सावित्राको गोल



हाम्रो इकोनोमि

 

साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ । विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो । तर, ३३ औं मिनेटमा नेपाल गोल फर्काउन सफल भएको छ । नेपालकी सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

 

विराटनगरमा दर्शकको थामिनसक्नु चापसँगै नेपाल–भारत फाइनल खेल : कसले मार्ला बाजी ?

 

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अब केहीबेरमा नेपाल र भारतबीचको फाइनल खेल सुरु हुँदैछ । दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्ने दर्शकको भीड थामिनसक्नु देखिएको छ । दर्शक बढेपछि अन्तिम समयमा आएर टिकट दर बढाएएको छ । टिकटको मुल्य बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

 

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । ११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर केही समय अघि बन्द थियो । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।

 

तर शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् । विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल हेर्न नेपालीहरुको ठूलो सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...