साफ महिला फाइनल: भारतविरुद्ध नेपालको बराबरी, सावित्राको गोल



हाम्रो इकोनोमि

 

साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ । विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो । तर, ३३ औं मिनेटमा नेपाल गोल फर्काउन सफल भएको छ । नेपालकी सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

 

विराटनगरमा दर्शकको थामिनसक्नु चापसँगै नेपाल–भारत फाइनल खेल : कसले मार्ला बाजी ?

 

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अब केहीबेरमा नेपाल र भारतबीचको फाइनल खेल सुरु हुँदैछ । दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्ने दर्शकको भीड थामिनसक्नु देखिएको छ । दर्शक बढेपछि अन्तिम समयमा आएर टिकट दर बढाएएको छ । टिकटको मुल्य बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

 

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । ११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर केही समय अघि बन्द थियो । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।

 

तर शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् । विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल हेर्न नेपालीहरुको ठूलो सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...