वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे



हाम्रो इकोनोमि

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् ।

कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा अध्यक्ष विरुद्ध उजुरी परेपछि उनले बालविवाह गरेको खुलासा भएको हो ।

‘बालिका श्रीमती’सँग वडा अध्यक्ष राउत

वडामा भएका विभिन्न भ्रष्ट्राचारको विषयमा परेको उजुरीमा उनले बालिकासँग विवाह गरेको पनि खुलाइएको छ ।

उजुरी अनुसार २०५८ साल चैत्र २७ गते जन्मिएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले गएको साउन महिनामा विवाह गरेको हुन् । स्थानीय पञ्जिकाधिकारिको कार्यालयमा २०५९ चैत्र १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको परीक्षापत्रमा समेत २०५८ चैत्र २७ गतेकै जन्म मिति देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्षमूनीको विवाह गैर कानूनी हो । अझ बालिकासँग सहमतीमा नै शारीरिक सम्बन्ध भएपनि बलात्कार भएको ठहर हुने कानूनले व्यवस्था गरेको छ ।

बालविवाह स्वतः बदर हुने समेत देवानी संहिताले व्यवस्था गरेको छ । राउतले विवाह गर्दा देवानी संहिता कार्यान्वयनमा नआएपनि मुलुकी ऐनको व्यवस्था अनुसार नै विवाहको लागि तोकिएको उमेर २० वर्ष थियो ।

स्रोतका अनुसार वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको बेला बालिका १६ वर्ष ४ महिनाकी थिइन् ।

वडा अध्यक्ष राउत हलेसी तुवाचुङ नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत हुन् ।

मैले विवाह नै गरेको छैन : वडा अध्यक्ष राउत

महिला खबरलाई वडा अध्यक्ष राउतले विवाह गरेको तस्वीर समेत प्राप्त भएको छ । तर, वडा अध्यक्ष राउत भने आफूले विवाह नै नगरेको दाबी गर्छन् ।

‘म २९ वर्षको भएँ’ वडा अध्यक्ष राउतले महिला खबरसँग कुरा गर्दै भने, ‘मैले विवाह नै गरेको छैन । विपक्षीले मसँग प्रतिशोध लिन उजुरी गरेका होलान् ।’

बालविवाह नै भएको हो भने कारबाही हुन्छः मेयर राई

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईे आफूलाई वडा नम्बर ६ का अध्यक्षले बालविवाह गरेकोबारे जानकारी नआएको बताउँछन् ।

‘मलाइ बाल विवाह भएको विषयमा कुनै जानकारी, उजुरी आएको छैन’ मेयर राईले भने, ‘बालविवाह नै भएको हो भने कानून बमोजिमको कारबाही हुन्छ ।’

यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारबाही

नेपालमा २०७५ भदौ १ गतेबाट मुलुकी ऐनलाई विस्थापित गरेर ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ ।

नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर महिला पुरुष दुबैको लागि २० वर्ष तोकेको छ । ऐन अनुसार बालविवाह भएको अवस्थामा बिवाह स्वतः बदर हुने कानूनी व्यवस्था छ ।

देवानी संहिता अनुसार २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...