पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै नेकपा अध्यक्ष समेत रहेको ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन् ।

‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्’, ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकिस्मक रुपमा नै टुंगिनेछ ।’

 

सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ ओलीले अघि भने, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।’

 

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले शुक्रबार नै विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...