एकाबिहानै शक्तिशाली विष्फोट : ४४ को मृत्यु, ६४० गम्भीर घाइते, अहिलेसम्मकै ठूलो मानवीय क्षति



हाम्रो इकोनोमि

 

एका बिहानै भएको विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या ४४ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार एक केमिकल विस्फोटमा ४४ जना मारिएका छन भने ६४० जना गम्भिर घाइते भएका छन् ।

 

यो विस्फोट येनचंग शहरको तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ः३५ मा भएको हो । बम धमाकापछि फैक्ट्रीमा आगो फैलिएको थियो । यो फैक्ट्री उर्वरक औषधी बनाउँने कामका लागि प्रयोग हुँदै आएको थियो । उत्ता चीनको भूकम्प प्रशासनले विस्फोटको समयमा २.२ रेक्टर स्केलको भुकम्प पनि आएको जानकारी दिएको छ ।

 

चिनियाँ सरकारी टिभीका अनुसार फैक्ट्रीमा लागेको आगो आज मात्रै नियन्त्रणमा लिइएको छ । यो समाचार बीबीसी हिन्दीबाट लिइएको हो । प्रत्यक्षदर्शीको एक बयान अनुसार जिआंगसु प्रांतको यानचेंग शहरमा यो ठूलो बिस्फोट भएको हो । रसायनीक भण्डारमा भएको यो विस्फोटको कारण खुलेको छैन । अधिकारीहरुले यो विस्फोटको कारण बारे अनुशन्धान भइरहेको बताएका छन् ।

उक्त स्थानका सञ्चारकर्मीले खिचेको भिडियो र तस्विरमा विस्फोटपछि निक्कै ठूलो आगलागी भएको देखिन्छ । धुँवाको मुस्लो देखिन्छ । मिडियाका अनुसार घाईतेहरुमा औद्योगिक पार्क नजिकै केही बच्चापनि छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...

जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न चाँगुनारायण नगरप्रमुख खत्रीको अपिल

    मनसुन सक्रिय भइरहेका बेला भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै...

पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...