म बिहे गर्दैछु – अभिनेत्री रेखा थापा



हाम्रो इकोनोमि

 

२० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले आफ्नो बिहे चाँडै हुने संकेत गरेकी छिन् । थापाले भनिन्, ‘बिहे नहुने भनेर कसले भन्यो ? डन्ट वरी, बिहे पक्का हुन्छ, यो सबैलाई शुभ खबर भनौँ । तर ४० बर्ष पुगेपछि मात्रै ।’

 

आफु चलचित्र र राजनीतिमा ब्यस्त भएकाले अझैं केहि बर्ष दायाँबायाँ“ ध्यान नदिने अभिनेत्री थापाको तर्क छ । ‘बिहे गर, बच्चा पाउ, यसो–उसो गर्दा चार बर्ष बित्छ’, उनले थपिन्, ‘अझै चारबर्ष मज्जाले चलचित्र क्षेत्रमा काम गर्ने र बिहे गर्ने योजना छ ।’

 

हाल राजनीतिसँगै एक चलचित्रको काममा ब्यस्त यि अभिनेत्री कुन फिल्डको व्यक्तीसँग लगन गाँठो कस्छिन् त ? त्यो भने खुलाएकी छैनन् । तर, रेखाको बिहे राजनितीमा लागेको व्यक्तीसँग बिहे हुने सम्भाबना छ । रेखाको कुरा सुन्ने हो भने उनलाई मिल्ने केटा चलचित्र क्षेत्रमा छैनन् रे । न त ब्यापारिक क्षेत्रमा नै ।

 

हाल सिंगल जिवन बिताइरहेकी उनि प्रेममा खासै विश्वास नलाग्ने बताउँछिन् । उनि भन्छिन्, ‘प्रेममा फिटिक्कै विश्वास लाग्दैन, यो त फेक जस्तो लाग्छ ।’ केहि बर्ष चलचित्र क्षेत्रमा सक्रिय रुपमा काम गरेपनि भविष्यमा भने राजनितीमा पुर्ण रुपमा लाग्ने उनि बताउँछिन् । सोहि कारण पनि मन मिल्ने राजनितीज्ञ बेहुला हात माग्न आए भने रेखाले ओके भन्ने देखिन्छ । रेखालाई हाम्रोपनि अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...