म बिहे गर्दैछु – अभिनेत्री रेखा थापा



हाम्रो इकोनोमि

 

२० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले आफ्नो बिहे चाँडै हुने संकेत गरेकी छिन् । थापाले भनिन्, ‘बिहे नहुने भनेर कसले भन्यो ? डन्ट वरी, बिहे पक्का हुन्छ, यो सबैलाई शुभ खबर भनौँ । तर ४० बर्ष पुगेपछि मात्रै ।’

 

आफु चलचित्र र राजनीतिमा ब्यस्त भएकाले अझैं केहि बर्ष दायाँबायाँ“ ध्यान नदिने अभिनेत्री थापाको तर्क छ । ‘बिहे गर, बच्चा पाउ, यसो–उसो गर्दा चार बर्ष बित्छ’, उनले थपिन्, ‘अझै चारबर्ष मज्जाले चलचित्र क्षेत्रमा काम गर्ने र बिहे गर्ने योजना छ ।’

 

हाल राजनीतिसँगै एक चलचित्रको काममा ब्यस्त यि अभिनेत्री कुन फिल्डको व्यक्तीसँग लगन गाँठो कस्छिन् त ? त्यो भने खुलाएकी छैनन् । तर, रेखाको बिहे राजनितीमा लागेको व्यक्तीसँग बिहे हुने सम्भाबना छ । रेखाको कुरा सुन्ने हो भने उनलाई मिल्ने केटा चलचित्र क्षेत्रमा छैनन् रे । न त ब्यापारिक क्षेत्रमा नै ।

 

हाल सिंगल जिवन बिताइरहेकी उनि प्रेममा खासै विश्वास नलाग्ने बताउँछिन् । उनि भन्छिन्, ‘प्रेममा फिटिक्कै विश्वास लाग्दैन, यो त फेक जस्तो लाग्छ ।’ केहि बर्ष चलचित्र क्षेत्रमा सक्रिय रुपमा काम गरेपनि भविष्यमा भने राजनितीमा पुर्ण रुपमा लाग्ने उनि बताउँछिन् । सोहि कारण पनि मन मिल्ने राजनितीज्ञ बेहुला हात माग्न आए भने रेखाले ओके भन्ने देखिन्छ । रेखालाई हाम्रोपनि अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...