भारत नेपालीसँग डराउँन थालिसक्यो : नेपालले रच्दैछ इतिहास



हाम्रो इकोनोमि

 

नेपालले खेलकुदमा नसोचेको उपलब्धि हात पारिरहेको छ । क्रिकेटमा चम्किरहेको छ । महिला फुटबलमा उस्तै इज्जत राखिरहेको छ ।

नेपाली महिला फुटबलरसँग अब साविकको च्याम्पियन भारतपनि डरान थालेको खेल विश्लेषकहरुको भनाई छ ।

अहिले नेपाली टोली बिराटनगरमा उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् ।

भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले नेपाल हौसिएको छ । १५ वर्ष नेपाली फुटबलमा विताइसकेकी ।

९ बर्ष लगातार राष्ट्रिय टिममा रहेर खेलेकी । २८ खेलमा ३५ गोल गर्ने अनु लामाले अब भारत नेपालसँग डराइसकेको विश्लेषण गर्छिन ।

४ वटा ह्याट्रीकको रेकर्ड बनाएकी नेपालकी सफल फुटबलर अनु यो पटक नेपालले उपाधि हात पार्ने दावी गर्छिन ।

कप्तान निरु थापा उनकी मिल्ने साथी हुन् । अनिता बस्नेतलाई अनु अनु भनेर बोलाउने भएर उनीहरु मितिनी–मितिनी भन्छन् ।

अरु सबै खेलाडी उनका बहिनीहरु पनि साथीजस्तै हुन् । चोटका कारण पनि राष्ट्रिय टिमबाट केही खेलहरु गुमाउनु परेपनि अहिले नेपालले उपाधि जित्नेमा उनी ढुक्क छिन् ।

५–६ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी उनले यो उपाधि नेपालले सुरक्षित गर्नेमा ढुक्क छिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...