व्यस्त सहरको ५ औ तलामा आगो लाग्यो : हाम फाल्दा २ जनाको मृत्यु, हेलिकोप्टरबाट ८ जनाको उद्धार



हाम्रो इकोनोमि

 

अचानक भवनमा लागेको आगोबाट निस्केर भाग्न खोज्दा दुई जनाको ज्यान गएको छ । कराची यूनिवर्सिटी रोडको छेउमा एक भवनमा आगो लागेको छ । त्यहाँबाट भाग्न खोज्दा दुई जनाको ज्यान गएको एसपी गुल्सनले जानकारी दिनुभयो ।

हाम फालेका दुई जना गम्भिर अवस्थामा रहेका थिए उनीहरुको उपचारको क्रममा ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

 

एक महिला सहित आठ जनाको जलिरहेको भवनबाट उद्धार गरिएको थियो । जिन्ना अस्पताल प्रशासनका अनुसार पाँच घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अर्का एक जनालाई स्थानीय अस्पतालमा उपचार गरिने भएको छ । दमकल विभागका अधिकारिहरुका अनुसार उक्त भवनको ५ र ६ तलामा आगो लागेको छ ।

उनीहरु पाँच तला माथिबाट हाम फालेका थिए । अहिले आगो पुर्ण नियन्त्रणमा आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँ भएका अन्य अधिकारीहरुका अनुसार चौथो तल्लामा रहेको बिजुली सट हुँदा आगलागी भएको हो ।

अधिकारिहरुले पाकिस्तान सेना र नौसेनाको हेलीकोप्टर पनि प्रयोग गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...