रेखा फिल्ममा सफल, राजनीतिमा फ्लप, क्रिकेटमा डेब्यू



हाम्रो इकोनोमि

 

नेपाली चलचित्रको पर्दामा फरक-फरक भूमिकामा देखिएकी अभिनेत्री रेखा थापा पछिल्लो समय वास्तविक जीवनमै विभिन्न भूमिकामा देखिन थालेकी छन् । रेखा थापा, नेपाली चलचित्रमा स्थापित नाम बनेको धेरै भयो ।

 

उनले पहिलो हिरोइन, अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्म आफुलाई स्थापित गरिसकेकी छिन् । रेखा करिव दुई दशकभन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रियरुपमा लागेर सफल पनि भइन् । तर उनले जसरी चलचित्रमा सफल नायिकाकोरुपमा परिचित भईन त्यसरी उनि अन्य क्षेत्रमा सफल हुन सकिरहेकी छैन् ।

 

रेखा करिव ६ वर्ष अघि चलचित्र क्षेत्रमा भन्दा धेरै राजनीतिमा सक्रियरुपमा देखिन् । तत्कालीन माओवादीमा प्रवेश गरेर राजनीतिक जीवन शुरु गरेकी रेखा केहि समय पार्टी परिवर्तनमै समय बिताइन् । चलचित्र क्षेत्र छाडेर संक्रिय राजनीतिमा होमिएकी रेखालाई सफलता हात लाग्न सकेन । तत्कालिन माओवादी प्रवेश गरेको केहि समय नवित्दै  राप्रपा नेपालमा प्रवेश गरिन । उनी अहिले पनि राप्रपा नेपालसँग आवद्ध छन्। तर उनको नाम अहिले राजनीति वृत्तमा अपरिचित बनिसकेको छ ।

 

रेखाले चलचित्र बाहेक अन्य क्षेत्रमा सफलता हासिल गरेको कुनै इतिहास छैन् । बैबाहिक जीवन होस् या राजनीतिक जीवन, उनलाई कुनैमा पनि सफलता मिल्न सकेन। राजनितिक र सामाजिक क्षेत्रबाट सफलता प्राप्त गर्न नसकेपछि रेखा चर्चामा आउनको लागि भएपनि पछिल्लो समय नयाँ-नयाँ क्षेत्रमा हात हाल्न थालेकी छन् ।

 

चर्चा बटुल्न र समाजमा आफ्नो छवि देखाउनकै लागि पछिल्लो पटक थापाले नेपालमै पहिलो पटक हुन लागेको महिला क्रिकेट लिगको चारमध्ये एक टोली खरिद समेत गरिसकेकी छिन् ।

 

दुई दशकभन्दा लामो समय चलचित्र क्षेत्रमा कहिले नायिका त कहिले निर्माता भएर काम गरेकी रेखाले एकाएक क्रिकेट टोली किनेपछि उनी अहिले चर्चामा छिन् । उनले राजनीतिमा केही वर्ष नेता बन्ने प्रयास नगरेकी हाेइनन्, तर उनले राजनीतिकाे खेलमा न छक्का हान्न सकिन न त चाैका नै ।

 

चर्चामा आउनकै लागी भएपनि रेखाले खेल क्षेत्र रोजेकी हुनसक्ने चर्चासमेत चल्न थालेकाे छ । करिब दुई दशकदेखि चलचित्र र राजनीतिमा सक्रियरुपमा काम गर्दै आएकी रेखाले महिला क्रिकेट टिममा योगदान दिन टिम किनेको बताउछिन् । ।

 

बलिउडका केहि अभिनेत्रीहरुले इन्डियन प्रिमियर लिगका टिमहरू किनेर चर्चामा आएपछि थापाले पनि उनीहरुकै सिको गरेको हुनसक्ने कतिपयले अनुमान समेत गरेका छन् । तर रेखाले कुनै चर्चा, पद र कुर्सी नचाइएको बताउछन् । ‘रेखा थापालाई कुर्सी र पद चाहिएको होइन।’ रेखाले भनिन्, ‘तर एउटा कुरा चाहिँ के हो भने नीति र नियम बनाउने ठाउँमा यदि हामी गएनौं भने मैले जनता र महिला दिदीबहिनीको गुनासो र सम्बोधन गर्ने कुरामा कमी ल्याउन सक्दिनँ।’

 

उनले भनिन्, ‘हामीले पनि गुनासो गर्ने मात्रै हुन्छ। जुन प्रणाली पहिलादेखिनै गलत छ। राजनीति आज रोपेर भोलि फल्ने कुरा होइन।’ राजनीतिकाे खेलमा पूर्णत असफल बनेकी रेखाले क्रिकेटमा छक्का हान्न कक्का सक्छिन कि सक्दिनन् त्याे भने हेर्न बाँही छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...