सारा नेपाली शसंकित बनाउँने कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको यो अभिव्यक्ति



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवारी शीर्ष नेताको अभिव्यक्तिले जनता शसंकित बनाएको छ ।

गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सारा जनताले स्वीकार गरेर मुलुक यो चरणमा आइसकेपछि कांग्रेसकै जिम्मेवार नेताले जनता नै चकित बनाउने अभिव्यक्ति दिन थालेका हुन् ।

उहाँहरु कमल थापा नेतृत्वको राप्रपाको बाटोमा आइपुगेको त हैन भन्ने भएको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिले त्यही देखाएको छ ।

उहाँले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।

होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भन्नुभयो, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक छ ।

धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ ।’ कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताउनुभयो ।

कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा महामन्त्री कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको हो ।

कोइरालाले धर्म निरपेक्षका विषयमा जनमत संहग्र गनुपर्ने संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...