सारा नेपाली शसंकित बनाउँने कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको यो अभिव्यक्ति



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवारी शीर्ष नेताको अभिव्यक्तिले जनता शसंकित बनाएको छ ।

गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सारा जनताले स्वीकार गरेर मुलुक यो चरणमा आइसकेपछि कांग्रेसकै जिम्मेवार नेताले जनता नै चकित बनाउने अभिव्यक्ति दिन थालेका हुन् ।

उहाँहरु कमल थापा नेतृत्वको राप्रपाको बाटोमा आइपुगेको त हैन भन्ने भएको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिले त्यही देखाएको छ ।

उहाँले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।

होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भन्नुभयो, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक छ ।

धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ ।’ कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताउनुभयो ।

कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा महामन्त्री कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको हो ।

कोइरालाले धर्म निरपेक्षका विषयमा जनमत संहग्र गनुपर्ने संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...