स्थानीय तहका लागि छिट्टै लोक सेवा खुल्ने,रिक्त्त कर्मचारीको विवरण पठाउन परिपत्र



हाम्रो इकोनोमि

 

कर्मचारी समायोजन भई सक्दा पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति हुन सक्ने नरहेकोले स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै सङ्घीय सरकारले पदको विवरणसहित स्थानीय तहलाई माग फाराम पठाउन परिपत्र जारी गरेको हो ।

 

प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनु पर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था अनुसार नै माग गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

आइतबार सचिव स्तरीय निर्णय गर्दै साबिक स्थानीय सेवामा नियुक्ति भई कार्यरत र समायोजित कर्मचारीको विवरण यकिन गरी रिक्त हुन आउने पदहरूमा फर्मेटसहित माग फाराम पठाउन भनेको छ । यससँगै छिट्टै स्थानीय तहमा ठुलो सङ्ख्यामा लोक सेवा मार्फत कर्मचारी माग हुने सम्भावना बढेर गएको मन्त्रालयका एक सहसचिवले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...