स्थानीय तहका लागि छिट्टै लोक सेवा खुल्ने,रिक्त्त कर्मचारीको विवरण पठाउन परिपत्र



हाम्रो इकोनोमि

 

कर्मचारी समायोजन भई सक्दा पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति हुन सक्ने नरहेकोले स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै सङ्घीय सरकारले पदको विवरणसहित स्थानीय तहलाई माग फाराम पठाउन परिपत्र जारी गरेको हो ।

 

प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तह रिक्त पदहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोक सेवा आयोगमा माग पठाउनु पर्ने कर्मचारी समायोजन ऐन, २०७५ मा रहेको व्यवस्था अनुसार नै माग गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

आइतबार सचिव स्तरीय निर्णय गर्दै साबिक स्थानीय सेवामा नियुक्ति भई कार्यरत र समायोजित कर्मचारीको विवरण यकिन गरी रिक्त हुन आउने पदहरूमा फर्मेटसहित माग फाराम पठाउन भनेको छ । यससँगै छिट्टै स्थानीय तहमा ठुलो सङ्ख्यामा लोक सेवा मार्फत कर्मचारी माग हुने सम्भावना बढेर गएको मन्त्रालयका एक सहसचिवले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...