विश्वको सुरक्षित देश भनेर भागेर न्यूजील्यान्ड पुगेका मुस्लिमहरु झन एकैठाँउ मारिए



हाम्रो इकोनोमि

 

सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ ।

उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए ।

न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ ।

उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।

सिरियाबाट यहाँ आएकाहरुमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन् ।

क्राइस्टचर्चको मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो ।

गोरा अतिवादीले उक्त आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरेका थिए ।

हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले हम्जा पढाइमा निकै मिहिनेती रहेको बताउँदै उनलाई घोडचढी खुबै मनपर्ने गरेको स्मरण गर्नुभयो । यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए ।

मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । “दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,” दाहसंस्कारमा सहभागी एक जनाले बताउनुभयो ।

“हामीले उनलाई हात नमिलाउन अनुरोध ग¥यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,” अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुग्नु भएका जमिल एल–बिजाले भन्नुभयो ।

मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब छ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए ।

मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुरा गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताउनुभयो । उहाँले भन्नुभयोः “तर यहाँ पनि सुरक्षा रहेनछ ।”

मस्जिद गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरु आफ्ना नातेदारको दाहसंस्कारका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।

प्रहरी आयुक्त माइक बुसले प्रहरीले सबै पीडितको पहिचान गरिसकेको र २१ जनाको शव सम्बन्धित परिवारजनलाई बुझाउन लागेको जानकारी दिनुभयो ।

इस्लामिक धार्मिक परम्परा अनुसार शवको शुद्धिकरण पश्चात जतिसक्दो चाँडो जमिनमा गाड्नु पर्दछ ।

न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आमजनता समक्ष पीडितका पक्षमा कुरा गर्न पुनः आग्रह गर्नुभएको छ । उहाँले हत्याराको नाम समेत लिन नहुने बताउनुभयो ।

मस्जिद आक्रमणमा १४ वर्षका काश्मिरी छात्र १४ वर्षीय सायद मिल्नेको पनि मृत्यु भएको छ ।

मङ्गलबार साँझसम्म करिब ३० जना अझै अस्पतालमा उपचारारत छन् । तीमध्ये करिब १० जनाको स्वास्थ्य स्थिति निकै जटिल रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये चार वर्षकी बालिका पनि छिन् ।

अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...