अमेरिकामा प्रचण्डले थाले कुटनीतिक भेटघाट, पूर्वराजदूतले भने-उहाँ गतिशील नेता हो



हाम्रो इकोनोमि

 

 

पारिवारिक उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक भेटघाट शुरु गरेका छन् । पत्नी सीता दाहालको उपचार गर्न अमेरिका पुगेका दाहालले आफ्नो पहिलो कुटनीतिक भेटघाट पूर्वराजदूतबाट गरेका छन् । भेटपछि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले प्रचण्ड गतिशील नेता भएको टिप्पणी गरेका छन् ।

 

 

प्रचण्डसँग भेटेपछि पूर्वराजदूत डेलिसीले ट्वीट गर्दै नेपालमा रहँदा प्रचण्डसँगको सहकार्य स्मरणीय भएको उल्लेख गरेका छन् । उनले प्रचण्डकै कारण नेपालको शान्ति प्रक्रिया यो अबस्थामा आएको बताउँदै उनी गतिशील नेता भएको बताए । ‘मेरो उहाँसँग केही असहमति र विवाद भए तर कहिल्यै शत्रुतापूर्ण सम्बन्ध रहेन’ उनले भनेका छन् ‘पूराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुन्छ ।’

 

‘प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष हुन्। म राजदूत हुँदा उनी माओवादीका नेता थिए। उनीसँग मिलेर मैले नाजिकबाट शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ। हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरु गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीं विवादहरु हुन्थे। तर, शत्रुतापूर्ण कहिले भएन। हामीले मिलेर शान्तिको बाटो खोज्यौं, अनि आज ७ वर्षपछि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको चाँजोपाजोमा कफी भेटघाट हुन सक्यो।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...