यस्तो सम्झौताको प्रस्ताव बोकेर मलेशियाका प्रधानमन्त्री पाकिस्तान उडेपछि भारत आत्तियो



हाम्रो इकोनोमि

 

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि पहिलोपटक मलेशियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मद पाकिस्तान भ्रमणमा आउँनु हुने भएको छ । उहाँ तीन दिने भ्रमणका लागि आजै पाकिस्तान आउँनु हुने भएको जीयो न्युजले जानकारी दिएको छ । उहाँले त्यतातर्फ प्रस्थान गर्नका लागि विशेष विमानबाट उडान भरिसक्नुभएको बताइएको छ ।

 

उहाँ प्रधानमन्त्री खानको औपचारिक निमन्त्रणामा इस्लामाबाद आउँन लाग्नु भएको हो । मलेशियाका प्रधानमन्त्रीसँग एक जम्बो टोली पाकिस्तान आउँने भएको छ । यो भनिएको छ कि प्रधानमन्त्रीसँग आउँनेहरु धेरै व्यवसायि रहेका छन् । मलेशियाका मोहम्मदले पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीसँग भेट गर्नुहुने भएको छ । त्यस्तै प्रधानमन्त्री खानसँग पनि वार्ता हुने र प्रतिनिधिमण्डल स्तरको वार्ता सुरु हुने जानकारी दिइएको छ ।

 

पाकिस्तान अहिले वैदेशिक लगानीको वातावरण तयारी गरिरहेको अवस्थामा पाकिस्तान र मलेशियाबिच भएको व्यापारिक सम्बन्धको पनि चर्चा हुने भएको छ । मलेसियाले कुन क्षेत्रमा लगानी गर्न चाहान्छ र खान सरकारको नीती के छ यसका बारेमा पनि चर्चा हुने भएको हो । विशेष स्रोतका अनुसार मलेसिया पाकिस्तानमा अटो मोबाइल र दुर सञ्चार क्षेत्रमा ठुलो लगानी गर्न चाहन्छ ।

 

दुई देशबीचको सम्बन्धको चर्चा गर्दै व्यपार, विज्ञान तथा प्रविधि र रक्षा क्षेत्रका विषयमा पनि चर्चा हुने जनाइएको छ । तपाईलाई जानकारी गराउँ मलेसियामा नेपालीहरुजस्तै पाकिस्तानी नागरिक पनि काम गर्दै आएका छन् । मलेसियामा पाकिस्तानी कामदारको अवस्थाका बारेमा पनि छलफल हुने जानकारी दिइएको छ ।

 

योसँगै द्धन्द्ध र आतंकवादका सम्बन्धमापनि मिलेर अघि बढ्ने प्रस्ताव दुई देशबीच चलिरहेको छ । भारतले पाकिस्तानलाई एक्ल्याउन विश्वभरी अपिल गरेपनि पाकिस्तान झनै बलियो बन्दै आएको छ । शक्ति राष्ट्रहरुको दर्विलो साथ हात पारिरहेको छ । यसले भारतको चिन्ता बढ्दै गएको छ । पाकिस्तानमा इमरान आएपनि भएको प्रगती र अवस्था देखेर भारतमा राजनीतिक हलचल आइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...

जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न चाँगुनारायण नगरप्रमुख खत्रीको अपिल

    मनसुन सक्रिय भइरहेका बेला भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै...

पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...