जब मन्त्री पण्डितलाई केही व्यक्तिहरुले काले, मधेशी भनेर होच्याए



हाम्रो इकोनोमि

 

नेताहरुले जनताकाबीचमा आफ्नो विगतलाई याद गर्नु कुनै नयाँ विषय होईन । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो विगत याद गर्दै आफूलाई काले भनेपछि हंगामा भएको घटना खुलासा गर्नुभएको छ ।

 

आफू स्कुले विद्यार्थी हुँदा केही साथीहरूले काले, मधेशी भनेर विभेद गर्ने गरेको र त्यसको जवाफमा आफूले पेटी खोलेर हिर्काउने गरेको बताउँनु भएको हो । आफू पनि विभेदकै कारण राजनीतिक आन्दोलनमा लागेको र त्यसकै उपज अहिले यो ठाउँमा आइपुगेको उहाँले जानकारी दिनुभयो ।

 

मंगलबार ललितपुरको होटेल हिमालयमा समता फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको सन्दर्भमा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि ६ महिने महाअभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभयो ।

 

प्रमुख अथितिको भूमिकामा आफ्नो मन्तव्य राख्दै देशमा अझै पनि जातीय विभेद भइरहनु दुःखद भएको भन्दै यसको अन्त्यका निम्ति सरकारले काम गरिरहेको उहाँको जिकिर छ । संविधानबाट जातीय विभेदको अन्त्य गरिए पनि यो व्यवहारमा लागू भई नसकेकोप्रति इंगित गर्दै यसलाई व्यवहारमा उतार्न केही समय उहाँले जिकिर गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...