पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतबीच ‘गोप्य वार्ता’



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता भएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

 

स्रोतका अनुसार दुई जनाबीच राति १०ः४५ बजेदेखि ११ः३० बजेसम्म गोप्य भेटवार्ता भएको थियो । झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्न तथा अन्य विभिन्न धार्मिक कार्यक्रमका लागि गत २९ फागुनमा जनकपुर पुगेका थिए ।

 

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमै भएका बेला भारतीय राजदूत पुरी पनि रेलमार्गको निरीक्षण गर्ने सिलसिलामा २ चैतमा जनकपुर पुगेका थिए । उनीहरू दुवै जना जनकपुरको शीताशरण होटमा बसेका थिए । ‘एउटै होटलमा बसेकाले आकस्मिक भेट भएको हुन सक्छ,’ स्रोतले भन्यो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिवसँग भेटबारे जानकारी मागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

राजदूतले उच्चपदस्थहरूलाई भेट्दा परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर मात्रै भेट्नुपर्ने कानुनी प्रावधान छ । पूर्वराजा ज्ञानेन्द्रसँग राजदूत पुरीले भेट गर्दा परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिए नलिएको बारेमा प्रधानमन्त्री कार्यालयले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयले भने यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी दिएको छैन ।

 

पूर्वराजा ज्ञानेन्द्र राजदूत पुरीसँग भेट गरी भोलिपल्ट ३ चैतमा सप्तरी हुँदै काठमाडौं फर्केका थिए । राजदूत पुरी पनि ३ चैतमै जनकपुरबाटै काठमाडौं फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...