१०३ किलो गाजासहित मकवानपुरमा एकजना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले लागूऔषध गाजासहित मकवानपुरमा एकजनालाई पक्राउ गरेको छ । राक्सिराङबाट गाजा लिएर आउँदै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले ग१ज ७२१९ नम्बरको बोलेरोमा रहेको गाजासहित राक्सिराङ-५ का पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो ।

 

बोलेरोमा मनहरीतर्फ ल्याउँदै गरेको अवस्थामा १०३ किलो ग्राम गाजासहित थिङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

 

प्रहरीले बोलेरोबाट प्लाष्टिकको ५ वटा बोरामा प्याक गरेको १३ वटा पोका फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका थिङलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा चलाइने प्रहरीले बताएकेा छ । ऐनमा २ वर्ष देखि १०वर्ष कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...