सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउँछ: श्रृंखला खतिवडा



हाम्रो इकोनोमि

 

सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउने मिस वल्र्ड श्रृंखला खतिवडाले बताइन् ।

काठमाडौंमा मंगलबार आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ मा आफ्नो अनुभव राख्दै श्रृंखलाले युवा विद्यार्थीहरुलाई सुझाव दिदै ‘सपना देख्न नछाड्नुस त्यही सपनाले एक दिन सगरमाथाको चुचुरोमा पु¥याउने छ ।

आफु सानैदेखि आफुलाई सबैले मन पराउने बन्न सकु भन्ने सपना पालेको स्मरण गर्दै आज आएर त्यो सपना पूरा गर्न पाउँदा खुसी महसुस भएको बताउँदै मिस वल्र्ड नेपाल श्रृंखलाले  अब देशका लागि केही गर्न सक्ने बताएकी छिन् ।

आफु मिस वल्र्ड बन्न सकेको भए अहिले नेपालमा नभई विदेशको कुनै कार्यक्रममा व्यस्त हुने थिए भन्दै आफुलाई उपाधि जित्न नसक्दाको पछुतोले भने जिन्दगी भर पछ्याउने चिन्ता पनि उनले व्यक्त गरिन ।

३ करोड नेपालको आर्शीवाद हुँदा हुँदै पनि उपाधि जित्न नसक्नुलाई आफ्नै कमजोर भाग्यलाई दोष दिने श्रृंखलाले नेपाल चिनाउने थप दायित्व पनि आफ्नो काँधमा भने आएको बताइन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...