अमेरिका पुगेका प्रचण्डलाई अमेरिकामा पक्राउ गर्न लिखित उजुरी हाल्ने को हुन् यि तिलक श्रेष्ठ ?



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा छन् ।

पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् ।

पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ ।

केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।

अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ ।

प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, विषय–एउटा आतंककारी अमेरिका घुुमिरहेको छ (उजुरीसहित)

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ ।

 

केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् ।

 

व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले लेखेका छन्,‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता यहाँ आएका छन् ।’

 

उजुरीमा अघि लेखिएको छ,‘उनी अमेरिकाको आतंककारी सूचीमा छन् । उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब मारिएका थिए । उनी जोन हपिक्न्स अस्पतालमा पत्नी सीता दाहालको उपचारका निम्ति आएका हुन् ।’

 

उजुरीमा उल्लेख छ,‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् । धेरै धेरै धन्यवाद !’देनिक नेपालले जनाएको छ ।

 

Email from Dr. Tilak Shrestha

March 17, 2019
Subject: A terrorist is visiting USA

Federal Bureau of Investigation
Baltimore, MD

Dear Madam \ Sir,
Regards

It is to report the visit of a known terrorist Mr. Pushpa Kamal Dahal, also known as ‘Prachand’, from Nepal this week. Earlier, he was in the American terrorists list. His insurgency killed over 17,000 poor Nepalese. He is visiting ‘John Hopkins Hospital \ John Hawkins Hospital’ for the medical treatment of his wife Mrs. Sita Dahal.

Please consider American stand on terrorism, our moral values, internal and international legal obligations on terrorism.
I don’t know where I am supposed to report. Please forward it to the relevant office.
Thank you very much.

Sincerely,
Tilak B. Shrestha, Ph.D.
Research Associate
Kentucky State University
Frankfort, KY

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...