मुकेश अम्बानीले तिरिदिए भाइको ऋण, जेलबाट जोगिए अनिल



हाम्रो इकोनोमि

 

भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन्। यससँगै अनिल जेल जानबाट बचेका छन्।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबार सम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो ।

तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो ।

अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै

दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ। यसले हाम्रो परिवारको बलियो मूल्य- मान्यतालाई दर्शाउँछ ।

जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’

एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रति द्वन्द्वी जस्ता देखिएका थिए ।

अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं ।

यो सहयोगका लागि हृदय देखि आभार ।’ तर पछिल्लो समय अनिलको व्यापार खस्किँदै गएको थियो भने मुकेशको व्यापार फैलिरहेको छ।

गत वर्षमात्र उनले १० अर्ब डलर सम्पत्ति थपेको ब्लुमवर्गले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...