योगेश भट्टराई भन्छन्–केपी ओली र म प्रेम जोडी हौँ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू प्रेम जोडीजस्तो भएको टिप्पणी गरेका छन् । सोमबार राती एउटा नीजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा भट्टराईले सानातिना मनमुटावले प्रेम नतोडिने स्पष्ट पारेका छन् ।

 

प्रतिनिधिसभाको निर्वाचनताका ओलीले ताप्लेजुङ पुगेर ‘योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु’ भनेर दिएको अभिव्यक्तिलाई लिएर सोधेको प्रश्नमा भट्टराईले यसमा प्रधानमन्त्रीको अधिकार भएकाले आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् ।

 

प्रधानमन्त्रीय प्रणालीमा मन्त्री छनौटको अधिकार प्रधानमन्त्रीलाई नै भएकाले आफूलाई काम गर्न सजिलो हुने टिम निर्माण गर्न सक्ने उनको भनाई छ । यद्यपी, पहिले मन्त्री पठाउँदा पार्टीभित्र छलफल हुने गरेको, प्रधानमन्त्रीले प्रस्ताव गरेका व्यक्ति केन्द्रीय समितिले अस्वीकृत गरेको इतिहास रहेको भन्दै भट्टराईले पछिल्लो समय त्यो प्रणालीको अन्त्य भएको बताए । उनलने आफू भएँ या भइनँ भन्नेमा चिन्ता नरहेको पनि प्रष्ट्याएका छन् ।

 

‘प्रकारान्तरले यो सरकारले राम्रो काम गर्छ अथवा नराम्रो काम गर्छ, त्यसको जस र अपसज एउटा पोलिटिकल पार्टीले लिनैपर्छ, हामी लिन्छौँ’, भट्टराईले भनेका छन्, ‘तर, यसको प्रत्यक्ष जवाफदेहिता चाहिँ प्रधानमन्त्रीसँग हुन्छ ।’

 

भट्टराईले भोलि कुनै दिन आफू पार्टीको नेतृत्वमा पुगेपछि पार्टीभित्र आलोचनात्मक चेत र स्वरलाई महत्वपूर्ण स्थान दिने पनि बताएका छन् । ‘मेरा नेताहरु नसिराउन्, कुनैबेला म प्रचण्ड वा केपी ओलीको पोजिसनमा पुगेँ भने पार्टीभित्र क्रिटिकल एप्रोचको संस्कार विकास गर्छु’, भट्टराईले भनेका छन्, ‘हरेक पार्टी सदस्यहरुलाई मैले आह्वान गर्छु की पार्टी र नेतृत्वको विषयमा खुलमखुल्ला छलफल गर, टिप्पणी गर ।’

 

नेता भट्टराईले पार्टी एकता लम्बिुनमा नेतृत्वको केही न केही कमजोरी रहेको औंल्याए । आफूले केन्द्रीय सदस्यहरुलाई जिल्लाको एकता टुङ्ग्याउने जिम्मा दिनेगरि लगेको प्रस्ताव नेतृत्वले अस्वीकार गरेको पनि भट्टराईले बताए । तर, एकीकरण प्रक्रिया अब अन्तिम चरणमा पुगिसकेको र छिट्टै टुंगिने भट्टराईले जनाएका छन् । भट्टाराईले नेपालको न्यायपूर्ण समृद्धि नेकपाले मात्र गर्न सक्ने दाबी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...