नेपालसंग घनिष्ठ साईनो रहेका यी हुन बलिउडका ५ सेलिब्रेटीहरु, जानौ ती सेल्रिबेटीका बारे



हाम्रो इकोनोमि

 

 

बलिउडप्रतिको लगाव नेपालमा पनि निकै छ । नेपाली चलचित्र , गीत संगित होस या दर्शकहरु नै बलिउडप्रति आर्कषित छ नै । त्यही बलिउडमा भने यस्ता धेरै सेलिब्रेटीहरु छन् जसको नेपालसंग कुनै न कुनै रुपमा लिंक या भनौ सम्बन्ध रहेको छ । आउनुस जानौ ती सेल्रिबेटीका बारेमा :

 

माला सिन्हा : बलिउडकी कुनै समयकी चर्चित नायिका माला सिन्हा नेपाली हुन भन्ने त धेरैलाई नै थाहा छ । उनको बुवा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

 

गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दा नेपालका ज्वाई हुन् । उनले नेपाली मधेशी मुलकी सुनितासंग बिवाह गरेका हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसंग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।उनले भारतको नेशनल टेलिभिजनमा बिभिन्न शोहरुमा भाग लिन गएका नेपालीहरुको पक्षमा बोल्दै नेपाल आफनो ससुराली हो भन्न कत्ति हिच्किचाउँदैनन् ।

 

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहको रगतमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुवा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसंग गहिरो सम्बन्ध भएको बताउने गर्छिन् ।

 

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

 

श्रृति झा – टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौ बसेकी थिईन् ।बिहारमा जन्मिएकी श्रृतिले काठमाडौमा रहेको मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसंग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...