अमेरिकी डलर ओरालोतर्फ : रेमिट्यान्स पठाउनेलाई घाटा, आयातमा राहत



हाम्रो इकोनोमि

 

पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ)  थियो ।  त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ ।

 

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको पनि योगदान रहेकाले डलर कमजोर हुँदा रेमिट्यान्स घट्नेछ । विदेशमा बसेका नेपालीले पठाएको रेमिट्यान्स साँट्दा कम मूल्य पाउनेछन् ।

 

अर्कोतर्फ हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको भाउ घट्दा आयातित सामानको भुक्तानीमा कम भार पर्नेछ । डलर तिरेर विदेशबाट ल्याएको सामानको मूल्य कम पर्नेछ ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधार मान्ने हो भने अमेरिकी केन्द्रीय बैंकले केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर ओरालोतर्फ लागेको हो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...