अमेरिका जानु अगाडि प्रचण्डले किन भेटे फ्रि तिब्बतका विवादित व्यक्ति ?



हाम्रो इकोनोमि

 

फ्रि तिब्बत मुभमेन्टसँग नाम जोडिएका विवादित व्यक्ति मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेको खुलासा भएको छ ।

ललितपुरको खुमलटारस्थिट निवासमा १३ मार्चका दिन दाहालले तान्पेइसँग भेटेका हुन् । भेटवार्तामा के–के कुरा भएको थियो केही बताइएको छैन । तर, दाहाल र तान्पेइबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हुन सक्ने स्रोतको भनाइ छ ।

बौद्ध धर्मगुरु तान्पेइले भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामासँग बेलाबेला भेट्ने गरेका छन् । तान्पेइका सहयोगीहरू पनि दलाई लामाका अनुयायी हुन् ।

दाहाल प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा तत्कालीन समयमा उनले तान्पेइसँग नयाँदिल्लीमा पनि भेटेका थिए । त्यो भेट विवादमा परेको थियो ।

अमेरिका जानु अगाडि दाहालले विवादास्पद धर्म गुरु मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटे गर्नुलाई विभिन्न थरी आशंकाबाट हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...