मोजाम्बिकमा आँधीले १ हजारको मृत्यु, हजारौँ बेपत्ता, अन्य अफ्रिकी देश पनि प्रभावित



हाम्रो इकोनोमि

 

अफ्रिकी मुलुक मोजाम्बिकलगायतका देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट प्रभावित बनेका छन् । आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् ।

 

सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताएका छन् । आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताएका छन् ।

 

बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ । जिम्बाब्बे, मलाबी पनि प्रभावित भएको छ ।

 

आँधीले अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित भएका छन्, जहाँ १८० जनाको मृत्यु भएको बताइएको छ । जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन् । विश्व खाद्य कार्यक्रमका जेरार्ड बोर्केले आफूले बेयरामा कुनै पनि घर आफूले सहीसलामत नदेखेको बताएका छन् ।

 

आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन् । त्यस्ता कतिपय व्यक्तिलाई उद्धार गरेको रेडक्रसले जनाएको छ ।

आँधीले विद्युत्त सेवा अवरुद्ध बनेका छन् भने सञ्चारसम्पर्क विच्छेद भएको छ । सडक भाँसिएका छन् । यद्यपि, हवाई उडानहरु भने सुचारु अवस्थामा छन् । बिहीबारदेखि नै आँधीले ताण्डव मच्चाए पनि सहयोगकर्ताहरू भने निकै ढिलो गरी आइतबार मात्रै प्रभावित क्षेत्र पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...