बच्चा जोगाउँनुस् : मोबाईलमा खेलिने पब्जी गेमले खेल्दाखेल्दै लिदैछ ज्यान, फेरी २ जनाको मृत्यु



हाम्रो इकोनोमि

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमा मोबाइलका गेमहरुको नराम्रो लत लागेको छ । अहिले अनलाइन गेम खेल्ने कुरामा युवा पुस्ता लागिरहेका छ । यस्तै, मोबाइलमा गेम खेलीरहेको अवस्थामा दुई जना युवकको ज्यान गएको छ ।

भारतको महाराष्ट्रको हिंगोलीमा रेलको लिगमा बसेका दुई युवालाई रेलले किच्दा ज्यान गएको हो । उनीहरु रेलको लिगमा उभिएर पब्जि मोबाइल गेम खेलिरहेका थिए । उनीहरुलाई रेल आएको कुरा थाहा नहुँदा रेलको आक्रमणमा परेको जनाइएको छ । प्रहरीले शबलाई नियन्त्रणमा लिएर घटनाबारे जाँझबुझ गरेको थियो ।

मर्नेहरुमा २४ वर्षीया नागेश गोरे र २२ वर्षीया स्वप्निल अन्नापूर्णे छन् । दुई जना यत्ति ध्यानका साथ मोबाइल गेम खेलिरहेका थिए कि उनीहरु रेलको आवाज आएको कुरलाई पनि याद गर्न सकेनन् । हैदराबाद–अजमेर एक्सप्रेस रेलले उनीहरुलाई किचेको हो । यो गेम यस्तो हो की यसले एक दुब्र्यसनी जस्तै बनाएको छ ।

विभिन्न च्यालेन्ज उसैले दिन्छ । यी युवाहरुलाईपनि गेमले दिएको च्यालेन्ज पुरा गर्न रेलको लिकमा उभिएर खेलिरहेको प्रहरीले बताएको छ । तपाईका बच्चा–बच्ची मोबाईलमा के गरिरहेका छन् । आजै हेर्नुहोस् । नत्र एक दिन यस्ता गेमले अवश्य यस्तै दुर्घटना निम्त्याउनेछ । सचेत बनाउन यो सन्देश सेयर गरिलिनुहोला । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...