बच्चा जोगाउँनुस् : मोबाईलमा खेलिने पब्जी गेमले खेल्दाखेल्दै लिदैछ ज्यान, फेरी २ जनाको मृत्यु



हाम्रो इकोनोमि

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमा मोबाइलका गेमहरुको नराम्रो लत लागेको छ । अहिले अनलाइन गेम खेल्ने कुरामा युवा पुस्ता लागिरहेका छ । यस्तै, मोबाइलमा गेम खेलीरहेको अवस्थामा दुई जना युवकको ज्यान गएको छ ।

भारतको महाराष्ट्रको हिंगोलीमा रेलको लिगमा बसेका दुई युवालाई रेलले किच्दा ज्यान गएको हो । उनीहरु रेलको लिगमा उभिएर पब्जि मोबाइल गेम खेलिरहेका थिए । उनीहरुलाई रेल आएको कुरा थाहा नहुँदा रेलको आक्रमणमा परेको जनाइएको छ । प्रहरीले शबलाई नियन्त्रणमा लिएर घटनाबारे जाँझबुझ गरेको थियो ।

मर्नेहरुमा २४ वर्षीया नागेश गोरे र २२ वर्षीया स्वप्निल अन्नापूर्णे छन् । दुई जना यत्ति ध्यानका साथ मोबाइल गेम खेलिरहेका थिए कि उनीहरु रेलको आवाज आएको कुरलाई पनि याद गर्न सकेनन् । हैदराबाद–अजमेर एक्सप्रेस रेलले उनीहरुलाई किचेको हो । यो गेम यस्तो हो की यसले एक दुब्र्यसनी जस्तै बनाएको छ ।

विभिन्न च्यालेन्ज उसैले दिन्छ । यी युवाहरुलाईपनि गेमले दिएको च्यालेन्ज पुरा गर्न रेलको लिकमा उभिएर खेलिरहेको प्रहरीले बताएको छ । तपाईका बच्चा–बच्ची मोबाईलमा के गरिरहेका छन् । आजै हेर्नुहोस् । नत्र एक दिन यस्ता गेमले अवश्य यस्तै दुर्घटना निम्त्याउनेछ । सचेत बनाउन यो सन्देश सेयर गरिलिनुहोला । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...