वारका अध्यक्षका दुई उम्मेदवारहरुको एउटै भनाई न्यायालयमा राजनीतिक हस्तक्षेप बढ्यो



हाम्रो इकोनोमि

 

नेपाल वार एशोसियनमा चुनावी सरगर्मी बढेको छ । १८ हजार भन्दा बढी मतदाता रहेको बारेको २०७५ चैत्र १६ गते निर्वाचन हुने भएपछि निर्वाचनको पूर्वसन्ध्यामा राजधानीको विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा आयोजित कार्यक्रममा प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह र लोकतान्त्रिक समूहका उम्मेदवारहरुले आ आफ्नो चुनावी प्रतिवद्धता सञ्चारकर्मीहरुबीच राखेका थिए ।

 

सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफूँले बारलाई विधिको शासन कायम राख्न पहल र प्रयास गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले न्यायालय सक्षम र बलियो भएमात्र मानवअधिकार रक्षा हुने भन्दै वारको नीतिगत कुराहरुलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

 

श्रेष्ठले न्यायलयमा राजनीतिक प्रभाव र दबाव बढेको प्रति संकेत गर्दै राजनीतिक नियुक्तिबाट न्यायाधिश नियुक्त गर्दा जनताले न्याय प्राप्त गर्न नसक्ने तर्क गर्नुभयो । कार्यक्रममा लोकतान्त्रिक समूहका अध्यक्ष सुनिल कुमार पोखरेलले यो निर्वाचन नेतृत्व केन्द्रित होइन नीति केन्द्रित निर्वाचनमा आफ्नो समूह रहेको धारणा राख्नुभयो ।

 

उहाँले वारलाई प्राज्ञिक र व्यवसायिक संगठनको रुपमा विकास गर्ने तर्क गर्दै न्याय क्षेत्रमा भएका विविध विकृत्तिहरुलाई नियन्त्रण गर्दै लैजान आफ्नो समूह सक्षम रहेको तर्क गर्नुभयो । पछिल्लो समय न्यायक्षेत्रमा राजनीतिक प्रभाव बढेको बताउँदै यसलाई राजनीतिक रुपमा तटस्थ राख्नुपर्ने बताउँदै भन्नुभयो–‘जहाँ न्यायपालिका स्वतन्त्र हुँदैन त्यहाँ पे्रस देखि कुनैपनि स्वतन्त्रता रहँदैन ।’

 

प्रगतिशिल तर्फका महिला उपाध्यक्षका उम्मेदवार रक्षा बस्यालले नेपालको संविधानले परिकल्पना गरेको महिला तथा समावेशी राज्य व्यवस्थामार्फत जनताको हकलाई क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि आफ्नो समूह सामाजिक अभियन्ताका रुपमा क्रियालिश रहने बताउनुभयो ।

 

उहाँले स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्न न्यायपालिकासँग सहकार्य तथा खबरदारीको नीति अवलम्बन गर्ने कुरामा आफ्नो समूह रहेको बताउनुभयो । त्यस्तै प्रगतिशिलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्र थापाले विगतमा शम्भु थापाहरुको टिमले जस्तै आफ्नो समूहले वारमा भूमिका खेल्ने र विधिको शासन स्थापित गराउन आफ्नो टिम क्रियाशिल रहने बताउनुभयो ।

 

उहाँले देशभरको कानुन व्यवसायीहरुको हक हितका निम्ति सिर्जनशिल काममा वारलाई केन्द्रित गराउने तर्क राख्नुभयो । त्यसैगरी कार्यक्रममा लोकतान्त्रिक समूहतर्फका महासचिव लिलामणि पौडेलले अदालतमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने उपाएहरु आफ्नो समूहसँग भएकाले आफ्नो समूहले वारको नेतृत्व गर्ने अवसर पाएका आफूँहरुले नियन्त्रण गर्ने उद्घोष गर्नुभयो ।

 

पछिल्लो समय विचौलियाका कारण न्यायपालिकाको बद्नाम भएकाले आफूँहरु त्यसलाई नियन्त्रण गर्न लाग्ने बताउनुभयो । त्यसैगरी प्रगतिशिल टिमकै कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले वारको आम्दानी र खर्चलाई पारदर्शी राख्ने उद्घोष गर्नुभयो । वारलाई आर्थिक पारदर्शिता भएमात्र अरु न्यायपालिकाहरुलाई पारदर्शिताको कुरा गर्न नैतिक बल पुग्ने बताउनुहुँदै प्रगतिशिलका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

 

उहाँले वार आर्थिक रुपमा कमजोर भएका कारण नियमित र दिगो आर्थिक स्रोतका पहिचान गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी कार्यक्रममा वारको निर्वाचनलाई नजिकबाट नियाल्नुहुने वरिष्ठ अधिवक्ता तथा विश्लेषक रुद्र नेपालले यो निर्वाचन देशभरीका बौद्धिक जगत्ले मसिनो ढँगले नियालिरहेको हुँदा न्यायपालिलाई स्वतन्त्र बनाउन र जनताले खोलेको न्यायलाई स्थापित बनाउन प्रगतिशिल समूहका उम्मेदवारहरु नै बलियो रहेको तर्क गर्दै आगामी निर्वाचनमा बहुसंख्यक टिम प्रगतिशिलले जित्ने दाबीसमेत गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल सदस्य गोविन्द प्रसाद चौलागाईंले कानुन व्यवसायी र सञ्चारकर्मी एक रथका दुई पाटा भएकाले दुवै क्षेत्रले आ आफ्नो क्षेत्रबाट महत्वपूर्ण खेल्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै विधिको शासन स्थापित गराउनका निम्ति पनि वारमा हाम्रा भन्दा राम्रा उम्मेदवार निर्वाचित हुनसके स्वतन्त्र न्यायपालिकाको साखः बचाउन मद्दत पुग्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...