सेना परिचालनबारे काँग्रेसलाई योगेशको कडा जवाफ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं सांसद योेगेश भट्टराईले सेना परिचालनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई कडा जवाफ दिएका छन् ।

 

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको बचाउ समेत गरेका छन् । उनले वर्तमान सरकारले संसदमा दर्ता गरेको फाइल हेर्दा काँग्रेसले कतै आफ्नै पालाको फाइल हेरेको त होइन ? भन्दै कटाक्ष गरेका छन् ।

 

काँग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर बिरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर आफूले विधेयक राम्ररी पढेको भट्टराईले उल्लेख गरेका छन् ।

 

‘विधेयकमा स्पष्ट उल्लेख हुँदा हुँदै नेपाली काँग्रेस जस्तो लामो संसदीय अभ्यासबाट खारिएको पार्टीको हतारमा बिरोधको आशय बुझ्न् सकिएन’, भट्टराईले लेखेका छन्, ‘विरोधमा कुनै वक्तव्य दिनै पर्ने बाध्यताले नयाँ फाइल खोज्दा आफ्नै पालाको पुरानो फाइल पो पल्टिन पुग्या हो की ?’

 

उनले विधेयकमा कतैपनि प्रधानमन्त्रीलाई मात्र एकल अधिकार नदिएको पनि स्पष्ट पारेका छन् । सरकारले हालै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलमार्फत सेना परिचाल सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

 

प्रतिपक्षी दलहरुले विधेयकको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...